Friday, June 21, 2013

प्रेस रिपोर्ट २०७०।०३।०२


नेपाल राष्ट्रिय शिक्षक संगठनको यही मिति २०७० जेठ २८-३० सम्म आयोजना गरिएको ११ औँ राष्ट्रिय महाधिवेशनको संबन्धमा जारी गरिएको प्रेस रिपोर्ट

शिक्षकहरुको पेशागत हीत र विकासको लागि २०३६ सालको बृहत शिक्षक आन्दोलनद्वारा गठित नेपाली शिक्षकहरुको पेशागत र ट्रेड युनियन आन्दोलनको अगुवा संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको ११औं राष्ट्रिय महाधिवेशन गत २०७० जेठ २८-३० मा काठमाण्डौमा सम्पन्न भयो। उक्त महाधिवेशकार्यक्रमलाई उद्घाटन, बन्द र निर्वाचन गरी तीन सत्रमा बाँडिएको थियो।  


उद्घाटन कार्यक्रम: पूर्व प्रधानमन्त्री तथा ने क पा (एमाले) का वरिष्ठ नेता क. माधव कुमार नेपालद्वारा
सम्मानित व्यक्तित्वहरु: जनगायक रुविन गन्धर्व, साहित्यकार झमक घिमिरे,  रवि लामिछाने, न्यूज २४ टेलिभिजन, शिक्षक सहीद विपिन बास्तोलाको धर्मपत्नी तथा ने रा शि संगठनकी सोलूखुम्बु सदस्य शुसिला कार्की, वेलकम इभेण्ट म्यानेजमेण्ट।
कृयाशिलताको आधारमा सम्मानित क्षेत्रगतरुपमा छनौट गरिएका जिल्लाहरु:
उदयपुर, काभ्रे, लमजुङ, सुर्खेत र बैतडी

सहभागी जिल्ला संख्या: ७५
प्रतिनिधिको संख्या:  ४३५
ने रा शि संगठनको कूल सदस्य संख्या:   ७३३३५ ( गत जिल्ला अधिवेशनहरुमामा प्राप्त विवरणको आधारमा )

समूह छलफलका एजेण्डाहरु:

१. महासचिव, कोषाध्यक्ष र महिला उपाध्यक्षद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन
२. प्रचलित विद्यालय पाठ्यक्रमको समीक्षा
३. विधान संसोधनको बारेमा
३. नेपाल राष्ट्रिय शिक्षक संगठनको स्वायत्तता र संबध्दताको बारेमा
४. ने.रा.शि.संगठन लगायतको शिक्षक संघ संस्था र नेपाल सरकार बीच भएको संझौता कार्यान्वयनको संबन्धमा
५. नेपाल शिक्षक युनियनको भावी संरचना र आवध्दताको संबन्धमा

 यस ११ औं महाधिवेशनमा भएको वृहत छलफलले आफ्ना कमिटी तथा सदस्यहरु मार्फत
१. नेपाली शिक्षकहरुको ट्रेडयुनियन अधिकार प्राप्ति र पेशागत विकास र दक्षता अभिवृध्दी गर्न
२. विद्यालयमा आचार संहिता लागू गर्ने गराउने
३. प्रभावकारी शिक्षण सिकाई कृयाकलापमा संलग्ने हुने, गराउने
४. पेशाप्रति उत्तरदायी र समाजप्रति जवाफदेही हुन, गराउन
५. संगठनको स्वतन्त्र अस्तित्व अक्षुण्ण राख्ने
 प्रतिवध्दता व्यक्त ग-यो।

भावी कार्यक्रमहरु
१.      शिक्षक अस्पताल स्थापनाको लागि पहलकदमी
२.      शिक्षक संगठनको ऐतिहासिक वृत्तचित्र
३.      सदस्य संख्या अभिवृध्दी
४.      नियमित प्रकाशन
५.      सबै जिल्ला मा शिक्षक हित सहकारी र राष्ट्रिय संयन्त्र निर्माण
६.      युनियनमा संगटनको प्रभावकारिता बृध्दी
७.      तालिम गोष्ठि सेमिनार र अन्तरकृयाहरु
८.      एकीकृत शिक्षक संगठन निर्माणको लागि प्रयत्न
९.      वार्षिक कार्ययोजनाको साथ कृयाकलाप
१०.  विधान महाधिवेशनको आयोजना

 महाधिवेशनबाट गरिएका मागहरु

१.      हालै नेपाल सरकारद्वारा शिक्षकहरुको राजनैतिक संलग्नता र अन्य पेशा व्यवसायमा संलग्न रहेको भन्ने प्रचार गरी शिक्षकहरुको ट्रेड युनियन अधिकारको खिलाफमा गरिएको गतिविधि र प्रचारवाजीको सम्बन्धमा  राजनैतिक अधिकार सहितको ट्रेड युनियन अधिकार भन्ने सिध्दान्तलाई कार्यनीति बनाउदै विकास भएको नेपाली शिक्षक आन्दोलनको मान्यता र भावनालाई चोट पुगेकोले उक्त निर्णयप्रति घोर आपत्ती जनाउदै यस्ता गतिबीधिलाई यथासीघ्र फिर्ता लिन सरकारसंग जोडदार माग गरिन्छ।
२.      विगतमा सरकारसंग भए गरेका संझौताहरुको यथासीघ्र कार्यान्वयन गर्न
३.      दीर्घसेवी अस्थायी शिक्षकहरु, राहत, उच्च मा वि तहका शिक्षकहरु, पि सि एफ र पूर्व प्रा वि वा बाल विकास तहमा कार्यरत शिक्षकहरुको मागहरुको सम्बोधन
४.      शिक्षक सेवा आयोगको सवैधानिक अंगको रुपमा विकास गर्न र गत जेष्ठ ९ , ११० र ११ मा संचालन गरिएको शिक्षक आयोगद्वारा लिइएको परीक्षाको परीक्षाफल सीघ्र प्रकाशित गर्न


स्वयंसेवी कार्य

बाजुरा जिल्लाका सदस्य शिक्षक श्री मुकुन्दराज कार्की विगत २०७० वैशाष २५ गते आगलागीमा परी दुर्घटनाग्रस्त भै हाल बीर अस्पतालमा जीवन मरणको दोसाँधमा रहनुभएकोमा वहाँको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न जिल्ला समिति र प्रतिनीधि पर्यवेक्षकहरुबाट संकलित भएको रकम रु ७३,३३७ हिजो आषाढ २ गते विरामी शिक्षकको धर्मपत्नीलाई संगठनको नवनिर्वाचित अध्यक्ष सहितको टोलिले हस्तान्तरण   ग-यो।      




(लक्ष्मण शर्मा)                                                (बाबुराम थापा)                  
महासचिव                                                        अध्यक्ष

No comments:

Post a Comment