१. नेपाल र भुटानबीच शरणार्थी समस्या हल गर्ने उत्कर्षको बेला तिर
जिग्मे थिन्ले नामका एक कूटील भुटानी प्रधानमन्त्री थिए।भुटानको सम्पूर्ण वैदेशिक
सम्वन्ध भारत मार्फत गर्ने पूर्व सम्झौता अनुसार नै हुने र नेपाली मूलका भुटानीहरुलाई
आप्रवाशनमा विदाई गरिसकेकोले त्यहाँ राजनैतिक अस्थिरता थिएन। सन् २००८ देखि २०१३ भएको
नीजको शासनकालमा भुटानले अभूतपूर्व आर्थिक प्रगति ग-यो। तिनलाई कुनै विदेश भ्रमणमा
जाँदा भारतलाई नसोधी आफ्ना अर्का छिमेकी समकक्षी चिनीयाँ प्रधानमन्त्रीसंग
कुराकानी गरेको बात लागेछ। उनले चिनीयाँ प्रधानमन्त्रीसंग कुराकानी मात्र नभई
चीनले सौगात स्वरुप उपलव्ध गराउने २० वटा बस स्विकार्ने ‘अपराध” नै गरेछन्। अनि भारतले थिन्लेलाई गलाउन ईन्धन नाकावन्दी
लगायो। चुनाव आयो, भुटान जनस्तरमा थिन्लेको पकड हुँदाहुँदै पनि भारतबाट ईन्धन
ल्याउन नसक्ने प्रधानमन्त्री ठहरिए। सोही बखत एउटा छिरिङ ठोग्वे नामका पश्चिमतिर
पठित विद्वान नयाँ शक्ति उदायो। थिन्लेकै पूर्व सहयोगी तिनले नयाँ पार्टी खोले,
मैले चुनाव जितेमा भारतीय नाकावन्दी खुलाउँछु भने।भुटानी जनताले आफ्नो भोटसंग
आफ्ना हैसियत अनुसारको मट्टितेल वा ग्यास वा डिजेल, पेट्रोल साट्नुपर्ने भयो।
साटे। अहिले दिल्लीको प्यारो त्यही छिरिङ ठिग्वे प्रधानमन्त्री छन्। जिग्मे थिन्ले
आफ्नो देशको हितको लागि छिमेकीसंग कुराकानी गरेको “अपराध”मा दिन काटिरहेका
होलान्।
२.
श्रीलंकाको
तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले भएपछि करीब तीन दशक पुरानो तमील
टाइगरहरुद्वारा शसस्त्र ढंगले श्रृजित समस्याको –याईं-याईंलाई भौतिक विधिबाट नै हल
गरिदिए। उनलाई यो नयाँ कार्वाहीको लागि चिनीयाँहरुको साथ सहयोग लिएको आरोप लाग्यो।राजनैतिक
स्थीरता भएपछि अर्को कार्यकालमा उनले श्रीलंकामा संरचनागत विकासको पूर्वाधार
चमत्कारिक ढंगले बनाएकाछन्। गत २०१५ को जनवरी ताका आम निर्वाचनको अन्तिम तयारी
सकेर सार्क सम्मेलनमा भाग लिन काठमाण्डौ आए। तर यहाँबाट हतार हतार गरेर फर्किए। के
परेछ भने यहाँ आउँदा जून दुई जनालाई राजकीय र पार्टीको सबै जिम्मेवारी दिएर छोडेका
थिए, ती मध्ये उनकै क्याविनेटका एक मन्त्री मैत्रीपाला सिरिसेना रातारात नयाँ
शक्ति बनिदिएछन्। राजापाक्षेको चुनावी रणनीति बुझेका भारत समर्थित ती सिरिसेनाले
केही दिनमा नै चमत्कारिक मत प्राप्त गरेर हाल राष्ट्रपति छन्। कसैलाई लाग्दैनथ्यो
राजापाक्षे यसरी पन्छिन्छन् भनेर तर त्यही भयो।
३.
एकसाता अघि
भारतकी विदेशमन्त्री सुषमा स्वराज माल्द्वीपको राजधानी माले जाँदा त्यहाँको
राष्ट्रपति अव्दुल्लाह यामीनले यहाँको लोकतन्त्रमा “विदेशी पार्टी” हरुलाई मनलाग्दी गर्ने छुट छैन भन्ने अभिव्यक्ति दिएछन्। यो कुरो
दिल्लीका “प्रजातन्त्रवादी” हरुलाई चित्त नबुझेको मिडियावाजीबाट बुझिन्थ्यो। कारण के
परेछ भने, हाल बन्दीजीवन बिताइरहेका त्यहाँको पूर्व राष्ट्रपति नसीदको बारेमा
भारतीयहरुको चासो बढेको थाहा पाएर ती राष्ट्रपति पड्केका रहेछन्।आर्थिक रुपमा
सम्पन्न र भुटान नेपाल जस्तो भुपरिवेष्ठित नभई जल परिवेष्ठित माल्द्वीप अब
यतातिरको छिमेकीमित्रहरु जस्तो गरी
झुक्नुपर्ने अवस्थामा छैन।
नेपालमा हालसाल घटेका घटनाहरु र उपरोक्त उदाहरणहरुलाई एकै
ठाउँमा राखेर तौलँदा के देखिन्छ भने आफ्नो तुच्छ र क्षणिक हितको लागि छिमेकीहरुसंग
गर्ने भारतीय व्यवहार कतै न कतै मेल खान्छ।बंगलादेश र पाकिस्तानसंग पनि समस्याहरु
छन्।तर नेपालको परिस्थिति चाहिं अलिक जटील र वहुपक्षीय छ।त्यसैले उसको लागि यहाँको
नतीजा पनि अनुकूल र सजिलो नहुन सक्छ।अरु उल्लेखित घटनाहरु बाघचाल जस्तो र नेपालमा
चाहिँ चेसमा जस्तो बहूपात्र, बहूप्रवृत्ती भएकोले अहिलेको परिस्थिति टुंगोमा
पुग्ने समय केहि लम्बिन्छ जस्तो देखिन्छ।