Saturday, July 23, 2016

कसरी शिक्षक युनियनहरुले शिक्षकको गुणस्तर र विद्यार्थीको उपलव्धी उकास्छन् ?


यो (स्रोत) मा एडुसिस्टरले हार्वर्ड युनिवर्सिटिबाट पिएचडी आर्जन गरी हाल उताह विश्वविद्यालयतिर लागेका अर्थविद युनिस हानसंग अन्तर्वार्ता गरेकोछन्। डा. हानले शिक्षकहरु युनियनकृत हुँदा तिनको गुणस्तर र विद्यार्थीको सिकाई उपलव्धीमा पर्ने असरको बारेमा अध्ययन गरेकोछन्। यो अध्ययनको निष्कर्ष त्यो आम मान्यताको विपरित गएकोछ, जसले शिक्षक युनियनहरु खराब, खराब र खराब हुन् भन्ने ठान्दछ। डा. हान भन्छन्, बढी युनियनकृत जिल्ला (विद्यालय व्यवस्थापन गर्ने) हरुले त झन धेरै खराब शिक्षकहरु हटाउँछन् । अझ अगाडि, खासमा यो सामान्य वास्तविकता हो। शिक्षकहरुको लागि बढी तलब माग गरेर युनियनहरुले विद्यालय जिल्लाहरुलाई नियुक्ती पाउनु अघि नै खराब शिक्षकहरुलाई हटाउन प्रोत्साहन गर्दछन्। अत्यन्तै युनियनकरण भएका जिल्लाहरुले खराब शिक्षकहरु हटाउँछन् किनभने तिनलाई राख्दा झन खर्चिलो हुनजान्छ।
डा. हानले सामुहिक सौदावाजी प्रतिवन्धित राज्यहरुमा एउटा प्राकृतिक प्रयोग पत्ता लगाए। 
सं.रा.अमेरिकाको ईण्डियाना, इडाहो, टेनेसी र विसकोन्सिस राज्यहरुले सन् २०१० र २०११ मा सार्वजनिक विद्यालयका शिक्षकहरुको सामुहिक सौदावाजी गर्न पाउने शक्ति नाटकीय रुपबाट कानुन निर्माण गरी प्रतिवन्धित गरे। त्यसबाट मैले पुरानै सामुहिक सौदावाजी गर्न पाउने र नपाउने राज्यहरुमा भएको फरकलाई तुलना गर्न पाएँ। यदि युनियनहरुले खराब शिक्षकहरुलाई संरक्षण गर्छन् भनी तपाईं विश्वास गर्नुहुन्छ भने कानुन परिवर्तन गरेपछि शिक्षकहरुको स्तर उकासिएको देखिनुपर्दछ। मैले त उल्टो पो पाएँ। ती नयाँ कानुन बनाउने चार राज्यहरुमा शिक्षकहरुको सौदावाजी गर्ने अधिकार खोसिएपछि तलबमा ९ % ले कमी आयो। त्यो धेरै ठूलो रकम हो। त्यो तलबमा आएको कमीको कतै सुनुवाई पनि भएन। न्यून तलब माने ती जिल्लाहरुमा औषतमा नराम्रा शिक्षकहरुलाई हटाएर राम्रा शिक्षकहरुको छनौटको लागि प्रोत्साहन गर्ने रकम पनि कम भयो, यो राज्यहरुमा यस्तो भएको तपाईंहरुले पनि देख्नसक्नुहुन्छ। तलब घटाइएकोले उच्च गुणस्तरका शिक्षकहरुलाई शिक्षा क्षेत्र छोड्नलाई पनि प्रेरित गरेछ जसले शिक्षकको गुणस्तर खस्काउनलाई नै योगदान गरेछ।               
( यो लिङ्क हाम्रो देशका पनि शिक्षाविद् , शिक्षाप्रशासक र सामाजिक जीवनका महत्वपूर्ण नागरिकहरुलाई सेयर गर्नुहोला)