Thursday, April 18, 2013

बैरेनी कार्यशाला : अनन्त यात्राको अर्को पाइला


“हामी त यत्रो बर्षसम्म आफूलाई जे गर्दा उपयुक्त लाग्यो त्यही गर्दै आयौं । केही राम्रो भयो होला केही राम्रो भएन होला। विद्यालय सुधारको लागि विश्वविद्यालय वा तालिमहरुबाट सिकेका कुराहरुभन्दा छिमेकी वल्लो पल्लो विद्यालयहरुको अनुभव बढी काम लाग्छ जस्तो लाग्यो। हामी आफैले गरिरहेका प्रयासहरु र संभावनाहरुको बारेमा छलफल भयो ।  छलफल भएका केही कार्यक्रमहरु यही वर्ष कार्य योजनामा राखेर लागू गर्छौं। आगामी बैठकमा फेरि अनुभवहरु आदानप्रदान गर्छौँ र सुधार्दै जान्छौ”। विगत २८ वर्षदेखि वागेश्वरी उच्च मा वि बैरेनीमा प्राचार्य रहनुभएका ध्रुवराज खतिवडाले आफ्नै कार्यकक्षमा भएको छलफल टुँग्याउदै भन्नुभयो।

सुधारको लागि हामी प्रअहरुले गर्ने प्रयत्नले पुग्दैन। आखिर कक्षा कोठामा जाने शिक्षकलाई सुधारको लागि कसरी तत्पर बनाउने भन्ने मेरो चासो हो। जनकल्याण उच्च मा वि का प्र अ शंकर भण्डारीले भन्नुभयो। महाकाली मा वि कुम्पुरका प्र अ राजन गिरीले पोहोर साल सत्यवती र जनकल्याणले सुरु गरेको शनिवारे साप्ताहिक परीक्षा यो वर्षबाट आफ्नो विद्यालयमा लाने निर्णय सुनाउनुभयो। सत्यवतीको लक्ष्मण शर्माले निर्माणात्मक परीक्षाको सिध्दान्त र व्यवहार बीचमा भएको खाडललाई सच्याउन अब ढिलो नगरौँ भन्नुभयो।

आज छोटो खबरको आधारमा वार्षिक कार्य योजना बनाउन आआफ्ना विद्यालयमा व्यस्त पृथ्वीराजमार्ग वरपरका ७ जना प्रअ/प्राचार्यहरु बैरेनीमा जुटेर गत वर्षका उपलव्धीहरु र यो वर्ष आआफूले आटेका शैक्षिक सुधारको कार्यहरुको बारेमा उत्साह पूर्वक छलफल गर्नुभयो। वर्षको पहिलो चाडको दिन परेकोले होला आमन्त्रितहरु मध्ये आधा मात्र जुटेका थिए। करिब ४ घण्टा भएको उक्त छलफलमा कुनै औपचारिकता थिएन। अतिथि र विज्ञ थिएनन्। थिए त केबल शिक्षण पेशा र सार्वजनिक विद्यालयको प्रशासनिक नेतृत्वमा रहेर कपाल फुलाएका केहि र अन्य केही युवा प्रअहरु। ज्योति उमावि, केवलपुरका सहदेव रेग्मीले आफूले गत वर्ष परीक्षा सुधारको लागि गरेका केही प्रयत्नहरु, यसपाला तयार गरेको कम्प्युटर ल्याब र इण्टरनेटको उपयोगको बारेमा अनुभव बाड्नुभयो भने महाकाली सिम्लेका प्रअ कृष्ण प्रसाद अर्यालले प्रस्तुत गर्नुभएको विद्यालयको स्रोत साधन खर्चेर क्याम्पस चलाउने रहरले गुजुल्टो परेको समस्या सबैलाई घत लाग्दो भयो। सत्यवतीको लक्ष्मण शर्माले जनकल्याण विद्यालयले गर्ने गरेको शैक्षिक भ्रमणको तरिकाबाट हामीले केहि सिक्यौँ र यो वर्ष विद्यालयको कार्य योजनामा त्यो कुरा समावेश गरेको कुरो बताउनुभयो।


त्यसै गरी शिक्षक र विद्यार्थीहरुको आचारसंहिता, शिक्षकको अनुपस्थितीमा कक्षा संचालनको बेस्ट मोडेल, विद्यालय सरसफाइमा विद्यार्थीको सहभागिता, अनौपचारि क्षेत्रको स्रोत परिचालनका असल अभ्यासहरु, डे बोर्डर्सको केवलपुरको अनुभव, विद्यार्थीहरुको मोबाइल नियन्त्रण वा व्यवस्थापनको लागि प्रचलित विधि पध्दती, बोर्डिङ स्कूलबाट निकालिएका बालबालिकाहरुको व्यवहारिक समस्याहरुको मुद्दा, कम्प्युटर नभएका विद्यालयहरुमा अब सुरु हुने कम्प्युटर शिक्षाको बारेमा र एउटै सिफ्टमा ‌११ र १२ कक्षालाई ल्याउने संभावना र समस्याहरुको  बारेमा पनि छलफल भयो। सबै एउटै कार्यक्षेत्र र उस्तै जिम्मेवारीमा रहेकोले संचार सजिलो भएकोथियो। एसएलसी र उमाशिपको परीक्षा केन्द्र भएका र नभएका विद्यालयहरुको वार्षिक कार्यदिनमा भएको फरकको चर्चा भयो। विभिन्न विद्यालयका व्यवस्थापन समिति र अभिभावकको फरकफरक भूमिकाको बारेमा रमाइलो विवेचना भयो।
बैठकको कुनै ठूलो तयारी थिएन। बैरेनी स्थित वागेश्वरी उमाविको शिक्षकहरुको कार्यकक्षमा छलफल भयो। जुट्ने बित्तिकै १ मिनेट पनि समय खेर फालिएन, छलफल सुरु गरियो। लक्ष्मण शर्माले सबै समयमा र विद्यालयहरुमा शैक्षिक सुधारको आवश्यकता र संभावना हुन्छ। त्यसको लागि समान शैक्षिक अवस्था र सामाजिक  वातावरण भएका विद्यालयहरुको विचमा अनुभव आदानप्रदान गर्ने हो भने थोरै खर्चमा र टिकाउ सुधार गर्न सकिने अनुभव बताउनुभयो। शैक्षिक सुधारका लागि देशमा शिक्षकहरुले गरेका केही सुधारात्मक उपचारहरुको उदाहरण दिनुभयो र भन्नु भयो हामीहरुमध्ये पनि ज-जसले गरेर सफलता वा असफलताबाट जे जति सिक्यौ ती सबै अर्को विद्यालयलाई काम लाग्ने विषयवस्तु हुन् , त्यसैले बाँडौं भन्नुभयो।
छलफल रोचक भयो। उपलव्धिपूर्ण भयो। जेठमा अझ व्यापक साइजमा फेरि जुट्ने सल्लाह भयो। अर्को पटक चाहिँ खासखास विषयवस्तुमा खासखास सहभागीले सामाग्री सहित प्रस्तुत हुने समेत निर्णय गरियो। जस्तै लक्ष्मण शर्माले शिक्षामा सूचनार प्रविधीको प्रयोगमा सत्यवतीको अनुभव, जनजागृतिले विद्यालयमा अनौपचारिक क्षेत्रको सहयोग परिचालन, भूवनेश्वरीको प्रअ रामचन्द्र आचार्यले कक्षा व्यवस्थापनमा वालवालिकाको सहभागिता, मलेखु वागेश्वरीको प्राचार्य देवप्रसाद त्रिपाठीले उच्च मावि तहको व्यवस्थापनको अनुभवहरु प्रस्तुत गर्ने निर्णय गरियो । विद्यालय आफै स्वायत्त र स्वतन्त्र क्षेत्र भएकोले यो संयन्त्रले कुनै हस्तक्षेपकारी भूमिका नगर्ने र यस्तो छलफललाई अनुभवको आदानप्रदानको लागि मात्र प्रयोग गर्ने भन्ने सहमति भयो।
आजको छलफललाई अवलोकन गर्ने एक जना आमन्त्रित शिक्षक भन्दैहुनुहुन्थ्यो, “ त्यहाँ परम्परागत तह थिएन, विद्वताको दवाव थिएन, औपचारिकताको अप्ठेरो थिएन, स्वाभाविक थियो। त्यसैले छलफल जिउँदो थियो। विषयवस्तुहरु वास्तविक समस्याहरु नै थिए। ती साझा थिए। त्यसैले यति सामान्य तयारी तर सार्थक छलफल भयो। छलफलबाट मैले पनि धेरै सिकें”।
सिम्ले महाकालीका प्रअ सबैका “गुरू”कृष्ण अर्याल भन्दै हुनुहुन्थ्यो; “धेरै बसियो, बात मारियो, संगसंगै काम गरियो तर आज सा-है मजा लाग्यो। यो तरिका पो काम लाग्छ क्या रे। ल है फेरि पनि जुट्नुपर्छ”। लक्ष्मण शर्मा ज्योतिको प्राचार्य सहदेव रेग्मीतिर हेरेर भन्दैहुनुहुन्थ्यो, नयाँ ठिटाहरुले नीरंतरता दिनुपर्दछ। सहदेव भन्दै हुनुहन्थ्यो, “हुन्छ, गर्ने नि” ! 

Tuesday, April 16, 2013

Trishuli River: A report on the Environmental Condition



Introduction

Trishuli River  runs through the middle hills of Nepal entering from Tibet to reach The Ganges. It cuts the Himalayan range in Rasuwa. Its named Chelung in Tibet, Bhotekshi in Rasuwa, Trishuli in hills, Narayani in Chitawan and  Gandak in India. It has 5000 to 25000 Cumec water flow . The watershed area of this river resides 10 million people including the towns named  Pokhara, Gorakha , Trishuli, Dhading beshi, Beshishahar etc. The banks of this river have roads from the starting to the end.  The river is facing many human environmental deterioration.
Uttam Kadel , Coordinator of the campaign

Drives
a.       Unplanned urbanization in the banks and watershed region of the river
b.      Taxation of the natural resources from the river
c.       Extraction of sand gravel and bolder from the river
d.      Chemical use  in the agricultural sector
e.      Human and animal dead body dig
f.        Wastage disposal in the river



Trishuli River in Early Winter




Pressure
a.       Natural beauty
b.      Touristic value
c.       livelihood of the indigenous groups
d.      Biodiversity
e.      Social harmony and security
f.        Cultural and religious spots and events
g.       Local level decision making
h.      Law and order  

The Trishuli River in Rainy days 
State
a.       Water ambiguity
b.      Biodiversity loss
c.       Tourism reduction
d.      Heavy equipment use in the water courses  
e.       Cultural valued spots affected and events affected
f.        Crimes and violence
Impact
a.       Erosion increasing/  river course change and deepen water level
b.      Road/ bridges life reduce
c.       Increasing the possibilities of huge flood/ natural disaster
d.      Indigenous peoples life endangered
e.      Biotic life disappear
Reaction:
                 a. Save Trishuli Campaign 1998
     .       b.  Networking of the like mind groups
         c.  Awareness promotion activities within the river resides
             d. Appeal/pressure creation to the authority
e              e. Discussion with academia and legal actors
f              f.  Publication and participation


(Laxman Sharma)
General Secretary