Saturday, October 26, 2019

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय प्रशिक्षण अभियानको मध्यावधी प्रतिवेदन २०७६





नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको बाह्रौं राष्ट्रिय महाधिवेशनको मार्गदर्शनमा मिति २०७५ साल श्रावण  गते ललितपुर स्थित जावलाखेलमा बसेको राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकले प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी अभियान कै रुपमा देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसको करिब १५ महिना पछि कार्तिक १६ गते गण्डकी प्रदेशको पोखरामा यो चरणको कार्यक्रम सम्पन्न भएकोछ। यो पहिलो चरणको रणनैतिक कार्ययोजना अन्तर्गतको कार्यक्रम सम्पन्न हुँदा सम्बन्धित सबैको जानकारीको लागि एउटा प्रतिवेदन तयार गर्नु वाञ्छनीय हुने भएकोले यो तयार गरिएको हो।
क)   पृष्ठभूमी
मूलुक सङ्घीयतामा प्रवेश गरेपछि राज्यको पूनर्संरचना संगै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विधान अधिवेशन गरी चालू विधानको दशौं संशोधन ग-यो। सो विधानले प्रदेश तह र स्थानीय तहलाई कार्यकारी समितिको मान्यता प्रदान ग-यो। यसरी गठन भएको समितिमा नयाँ नेतृत्व निर्माण गरी सञ्चालन गर्न प्रशिक्षण सञ्चालन गर्नु जरुरी भएको निष्कर्ष महाधिवेशनमा निकालिएको थियो। त्यसैगरी विश्वस्तरमा दिगो विकासका लक्ष्यहरुको घोषणा, नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकार र विद्यालय शिक्षाको स्थानीयकरण, गुणस्तरीय शिक्षाको सर्वत्र दवाव, नेपाल शिक्षक महासङ्घको गठन र सङ्गठनको नेतृत्व, वर्षौं देखिका शिक्षकका समस्याहरु, सङ्गठनहरुको एकता, शिक्षामा लैंगिक विभेद आदि विषयवस्तुहरुमा साधारण सदस्यहरुसम्म सञ्चार गर्नुपर्ने भएकोले प्रशिक्षण अनिवार्य भएको थियो।
ख)  लक्ष्य तथा उध्देश्यहरु
यो प्रशिक्षण सम्पन्न गरी हरेक सदस्यसम्म नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई ‘मूलुकको सर्वाधिक प्रभावकारी, सशक्त र गतिशिल शिक्षक सङ्गठन’ को रुपमा तयार गरिनेछ। यो लक्ष्य हासिल गर्नको लागि निम्नलिखित उध्देश्यहरु तय गरिएका थिए।
·         सातवटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण आयोजना गरी हरेक जिल्लाबाट कम्तिमा ४ जना को दरले कम्तिमा ३०० जना प्रदेश स्तरका प्रशिक्षकको विकास गरिनेछ। ती मध्ये कम्तिमा एक तिहाई महिला प्रशिक्षक हुनेछन्।
·          उक्त प्रशिक्षक प्रशिक्षणकै दौरानमा सबै जिल्लाहरुले आगामी वर्ष सञ्चालन गरिने जिल्ला स्तरको प्रशिक्षणको कार्ययोजना निर्माण गर्नेछन्। सोहि बमोजिम दोस्रो वर्ष जिल्ला प्रशिक्षणहरु सञ्चालन गरेनछ।
·          अभियानको दौरानमा सबै जिल्लाहरुमा नियमित तर्फको जिल्ला परिषद गाउँ परिषद, महासङ्घ गठन, दिवस मनाउने लगायतका साङ्गठनिक गतिविधिहरु सञ्चालन गरिनेछ।
·         प्रशिक्षक प्रशिक्षण समाप्त भएपछि जिल्ला स्तरमा प्रशिक्षण सञ्चालन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको श्रोत पुस्तक तयार गरिनेछ। यहि दौरानमा शिक्षण प्रशिक्षणमा प्रविधिको प्रयोग बढाइनेछ। स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न प्रशिक्षक स्रोत पुस्तिका प्रकाशन गरिनेछ।

ग)    कार्यक्रमहरु    
प्रशिक्षक प्रशिक्षणको कार्यक्रम निम्न बमोजिम आयोजना गरिएको थियो।
सि नं
प्रदेश
स्थान
मिति
सहभागी
प्रदेश नं १
ईलाम
०१,०२।०७।२०७६
सबै जिल्ला
प्रदेश नं २
च-पुर,रौतहट
१०,११।०६।२०७६
सबै जिल्ला
प्रदेश नं ३
गल्छी, धादिङ
०६,०७।०५।२०७६
सबै जिल्ला
गण्डकी प्रदेश
पोखरा, कास्की
१५,१६।०७।२०७६
सबै जिल्ला
प्रदेश नं ५
तानसेन, पाल्पा
२४,२५।११।२०७५
सबै जिल्ला
कर्णाली प्रदेश
रारा, मुगु
१६,१७।०२।२०७६
सबै जिल्ला
सुदुरपश्चिम प्रदेश
मङ्गलसेन, अछाम
३०,३१।०२।२०७६
सबै जिल्ला

घ)   विषयवस्तुहरु
उक्त प्रशिक्षण कार्यक्रमहरुमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको ईतिहास, शिक्षक आन्दोलनका उपलव्धीहरु, सामूहिक सौदावाजीका समसामयिक मुद्दा र सङ्गठनका अडानहरु, सङ्गठनको विधान र अर्थव्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, गुणस्तरीय शिक्षाको बारेमा सङ्गठनको दृष्टिकोण, लैङ्गिक समानताको पक्षमा सङ्गठनको नीति तथा कार्यक्रमहरु, नेतृत्व विकासका सैध्दान्तिक र व्यवहारिक पक्षहरु, विश्व शिक्षक महासङ्घको परिचय, शिक्षा र शिक्षण पेशाकर्मीहरुको लागि आइएलओ तथा युनेस्कोका सिफारिसहरुमा प्रशिक्षित गरिएकोछ।

ङ)   प्रशिक्षण विधि र प्रशिक्षकहरु
सबै प्रशिक्षण कार्यक्रमहरुमा डिजिटल सामाग्रीहरुको प्रस्तुती गरिएका थिए। प्रश्नोत्तर सहित छलफल विधिबाट प्रशिक्षणहरु सञ्चालन गरिएका थिए। प्रशिक्षण कार्यक्रमको प्रमुख पदाधिकारीहरु, तालिम प्रशिक्षण विभागका पदाधिकारीहरु, सङ्गठनको तर्फबाट महासङ्घमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु र विषय विज्ञहरुद्वारा सहजिकरण गरिएकाथिए।
च)   व्यवस्थापन सहयोग
यो कार्यक्रमहरुको व्यवस्थापनमा मूलतः जिल्ला समितिहरुको अग्रसरता रहेको थियो। कर्णाली प्रदेशको कार्यक्रममा प्रदेशको सामाजिक मन्त्रालयको आर्थिक सहयोग रहेको थियो। प्रदेश स्तरको प्रशिक्षण कार्यक्रमको व्यवस्थापन क्रमशः ईलाम, रौतहट, धादिङ, कास्की, पाल्पा, मुगु, अछाम जिल्ला समितिहरुले स्वयमसेवी सहयोग गरेका थिए।   
छ)  थप कृयाकलापहरु
यहि अभियानको दौरानमा मुगु, कालिकोट, दैलेख, अछाम, रुकुमपूर्व, रुकुम पश्चिम जिल्लाको परिषदका बैठकहरु तथा  दिपायल सिलगडी नगर समितिको परिषद, जुम्ला, बाँके, बर्दिया, दाङमा बैठक तथा भेला अन्तर्क्रियाहरु सम्पन्न गरिए।
ज)   उल्लेखनीय पक्षहरु

·         यो अभियानको क्रममा सबै ७७ जिल्लाको तोकिए कै स्थानमा सहभागिता भएकोथियो।
·         यो अभियानको क्रममा कर्णाली प्रदेशको पनि दुर्गम जिल्ला हुम्लाबाट सहभागीहरु हेलिकोप्टर चार्टर गरेर सहभागी हुन आउनुभएको थियो।
·         प्रशिक्षणको कार्यक्रममा कतिपय प्रशिक्षकहरुले पहिलो पटक प्रोजेक्टर प्रयोग गरी विषयवस्तु प्रस्तुत गर्नुभएको थियो।
·         यसै दौरानमा धेरै सहभागीहरुले पर्यटकीय स्थलहरुको भ्रमण गर्नुभएको थियो। मुगुको रारा, अछामको रामारोशन, पाल्पाको भैरवस्थान, श्रीनगर, सुर्खेतको बुलबुलेताल र कांक्रेविहार, ईलामको श्रीअन्तु र माइपोखरी, पोखराको सराङकोट, शान्तिस्तुप, काहूँ विशेष रुपमा सहभागीहरुको छनौटमा परेका थिए।
·         पाल्पा, अछाम, रौतहट, मुगमा स्थानीय जिल्लाबाट थप सहभागीहरुलाई समेत संलग्न गराइएको थियो। 
  
झ)   सुधार गर्नुपर्ने पक्षहरु

·         प्रशिक्षकहरुको विषयवस्तुको आधारमा तयारी सत्र सञ्चालन गरिनुपर्ने।
·         विषय प्रस्तोताहरुको समय पालनामा कडाई गर्नुपर्ने।
·         साङ्गठनिक पदाधिकारको आधारमा नभई विषय विज्ञताको आधारमा प्रशिक्षकको छनौट गरिनुपर्ने।
·         तोकिएको प्रशिक्षण अवधी कटाएर अन्य भेला बैठक गर्ने पध्दतिलाई निरुत्साहित गरिनुपर्ने।
·         बाहिरबाट विषय विज्ञ छनौट गरी लिनुभन्दा आफ्नै समुदायबाट प्रशिक्षक तयारी गरिनुपर्ने।  





अनुसूची १

सि नं
विषयवस्तु
प्रदेश नं १
प्रदेश नं २
प्रदेश नं ३
प्रदेश नं ४
प्रदेश नं ५
प्रदेश नं ६
प्रदेश नं ७
सङ्गठनको ईतिहास र उपलव्धीहरु
लक्ष्मण शर्मा
लक्ष्मण शर्मा
लक्ष्मण शर्मा

लक्ष्मण शर्मा
लक्ष्मण शर्मा
लक्ष्मण शर्मा
लैंगिक समानता
कमला थापा
कमला थापा
कमला थापा


ईला शाही

सङ्गठनको विधान
ज्ञावनशेर
विष्णु भण्डारी
हंश शाही


विष्णु भण्डारी

समसामयिक सवालहरु
बाबुराम थापा
लक्ष्मण शर्मा
लक्ष्मण शर्मा

लक्ष्मण शर्मा
बाबुराम थापा
तिलक कुँवर
गुणस्तरीय शिक्षा
लक्ष्मण शर्मा






आइ एल ओ युनेस्को