Sunday, January 3, 2016

अन्तिम परीक्षा कहिले नि ?

February 16, 2012 at 9:19pm
लक्ष्मण शर्मा


  गत वर्ष चैत्रको दोस्रो हप्तामा एस एल सी परीक्षा चलिरहेको थियो। बिहान ८ बजेदेखि सुरु हुने सो राष्ट्रियस्तरको परीक्षा ११ बजे सकेर धादिङ जिल्लाको बैरेनी स्थित राइजिंङ भिलेज मा वि केन्द्रको भवनमा दिउँसो विध्यालयको साविकको अन्तिम परीक्षा पनि चलिरहेको थियो। त्यसैबेला बैरेनी कै अर्को एस एल सी केन्द्र वागेश्वरी उ मा वि मा चाहिँ अन्तिम परीक्षा सकिएको पनि धेरै दिन भइसकेको थियो। त्यसैले विध्यालय प्रांगण दिउँसो चकमन्न देखिन्थ्यो। चैत्रको मसान्तसम्ममा नतिजा प्रकाशित गरे पनि हुने अन्तिम परीक्षा तीन हप्ता चाँडै सक्नु पर्ने कारण थियो, एस एल सी को केन्द्र पर्नु। एस.एल.सी. को केन्द्र यस जिल्लाको ६५० वटा विध्यालयहरुमध्ये २५ वटा जति विध्यालयहरुमा पर्ने हो। तिनीहरुको छनौटको आधारमध्ये पनि भौतिक रुपले सम्पन्न हुनु चाहिँ एक र सर्वाधिक महत्वपूर्ण मानिन्छ। तर कोठा फर्निचर जनशक्ति आदिको कारण देखाएर ती एस एल सी केन्द्र पर्ने विध्यालयहरुले अन्तिम परीक्षा चैत नलाग्दै सक्छन् । फेरि त्यो निर्णयलाई बल र वैधानिकता दिन्छ, जिल्ला शिक्षा अधिकारी अध्यक्ष रहेको जिल्ला स्तरीय परीक्षा समितिको अर्को निर्णयले, जसले कक्षा आठको अन्तिम परीक्षा एस एल सी सुरु हुनु अघि नै सक्ने गरी परिक्षा तालिका बनाउँछ र कार्यान्वयन गराउँछ । त्यो परीक्षा तालिका लिएर स्रोतव्यक्तिहरु स्रोतकेन्द्रहरुमा पुग्छन्।  अनि सुरु हुन्छ, १ कक्षा देखि  ९ कक्षासम्मका  अन्तिम परीक्षाहरु फागुन मा नै सकेर विध्यालयहरु बन्द गर्ने उपक्रम। यो उपक्रम पुग्छ, महाभारतको टाकुरा देखि गणेश हिमालको काख कन्दरासम्म, जहाँ एस एल सि को परीक्षा केन्द्रको कुरा त परै जाओस, एस एल सि को परीक्षार्थीहरु पनि नहुन सक्छ। तर बैरेनीको सो  निजी विध्यालयलाई आफ्नै विध्यालयमा एस एल सी परीक्षा चलिरहँदा पनि केहि फरक परेन, अन्तिम परीक्षा चलाउन। चाहेमा त हुने रहेछ नि !
  संगै जोडिएको धादिंङ कै सत्यवती विध्यालयको स्रोतकेन्द्रको कार्यक्षेत्रमा कल्लेरी र कुम्पुर गा वि स हरुको ३७ वटा विध्यालयहरु पर्दछन्। तिनीहरुमध्ये कुनैमा पनि एस एल सी को केन्द्र पर्दैनन्। पहिले पहिले फाट्टफुट्ट निरिक्षक बन्न जानेहरु पनि होमसेण्टर हटाउने व्यवस्थाले गर्दा एस एल सि मा त्यो स्रोतकेन्द्र अन्तर्गतका शिक्षकहरुको केहि काम हुदैन। पोहोरसाल त्यहाँका विध्यालयहरुमा पनि फागुनमा नै अन्तिम परिक्षा सकिए। कारण एस एल सि र कक्षा आठको जिल्ला स्तरीय परीक्षा भनियो। तीन कक्षा चलेका विध्यालयहरुमा पनि फागुनमा नै परीक्षा सक्ने र विध्यालय बन्द गर्ने कारण त्यहि बनाइयो। यो वर्ष पनि माघ महिनामा नै कक्षा ८ को परीक्षा फागुन महिनामा सक्नु पर्ने जि शि का को परिपत्र स्रोतव्यक्ति मार्फत आइसकेकोछ। यो स्रोतकेन्द्र अन्तर्गत २७।२८ वटा विध्यालयहरुमा प्रा वि तहको मात्र कक्षा संचालन हुने गर्छन्।  त्यसकारण ती विध्यालयहरुमा जिल्ला स्तरीय कक्षा ८ संचालन गर्नु नपर्ने भएकोले फागुन महिनामा नै परीक्षा सक्नुपर्ने केहि कारण देखिँदैन। बाँकि नि मा वि। मा वि हरुले पनि ढुक्कसंग चैत्र दोस्रो हप्तातिर अन्तिम परीक्षा लिँदा पनि कसैलाई वाधा पर्दैन ।
  आखिर यो सामान्य कुरालाई किन गम्भीर विवादको विषय बनाउने त ? जाबो २।३ हप्ता ढिलो चाँडो परीक्षा संचालन गर्ने कुराले फरक के पर्छ र ? भन्न सकिन्छ। तर यो घटना मात्र हैन,  प्रवृत्तीसंग जोडिएको कुरा हो। हाम्रो देश नेपाल बार्षिक रुपमा संसारको सबभन्दा कम पढाई हुने मुलुक मध्येमा पर्दछ। सार्वजनिक विध्यालयहरुले कम समयसम्म पढाए र कम गुणस्तरको शेक्षिक उपलव्धि भयो भन्ने आरोप लागेको छ। सबै सामुदायिक विध्यालयहरुले गौरा पर्वको विदा इलाम झापामा र उधौली र उभौलिको विदा कैलाली कञ्चरपुरमा पनि दिनु भन्ने खालका सरकारी उर्दी मान्नुपर्दछ। अस्ति भर्खर शेर्पाहरुको लोसार मनाउन स्कूल विदा गरेर दिनभरि घरै बस्नुप-यो जबकि मैले काम गर्ने विध्यालयमा एउटा पनि विध्यार्थी वा शिक्षक शेर्पा समुदायका पर्दैनन्। एउटा पार्टीको आन्तरिक झगडामा कुनै कार्यकर्ताले कुटाइ खायो रे भनेर एक दिन विध्यालय बन्द गरेर मल्हम पट्टी लगाइदिनुप-यो। (फेरि तिनीहरु नै मिलेका दिन मेलमिलाप दिवस मनाउन विध्यालय प्रांगण दिएर आमसभा सफल पारिदिनु पर्ने होला) । यही वर्ष सरकारी किताब बेलामा नपाएर बैशाषमा सुरुमा नै पढाई राम्ररी भएन। पढाई सुरु के भएको थियो, एस एल सी परीक्षाको कापी जाँच्न जिल्ला सदरमुकाममा जानुप-यो। तालिमका सबै कार्यक्रमहरु कक्षा संचालन नहुने दिनमा संचालन गर्न आवश्यक ठानिदैन, हाम्रै देशमा । शिक्षा नियमावलीमा २२० दिन विध्यालय खोल्नु र १९० दिन पढाउनु भन्ने देखावटी आदेश पनि छ। हाम्रा परीक्षा अगाडि सार्ने जि शि अ र पदाधिकारीहरुलाई यो कुराको कुनै मतलब हुँदैन। हुन्छ भने वहाँहरुको समितिको निर्णय भन्दै माघ महिनामा नै जिल्ला स्तरीय अन्तिम परीक्षाको चर्चा चल्छ, किन? बरु यो पढ्न पढाउन उपयुक्त ३ हप्ता खेर फाल्नुको साटो दशैं तिहार जोड्दा वा वर्षे। हिउँदे विदा थप्दा पढाईमा कम वाधा पर्ने थियो।
  स्रोतकेन्द्रहरुले वार्षिक क्यालेण्डर बनाएका हुन्छन्। त्यसमा चैत्र महिनाको दोस्रो हप्तासम्म सबै स्रोतकेन्द्रहरुले पढाई हुने दिनहरुमा गणना गरेका हुन्छन्। हामीहरु सार्वजनिक विदा नभएका दिन गनेर तिनीहरुलाई पढाई हुने दिनहरु भनेर ढाँटिरहेका हुन्छौँ। जिल्ला शिक्षा अधिकारी अध्यक्ष र जिल्लाका शिक्षाक्षेत्रका अगुवाहरु भएको परिक्षा समितिले गरेको निर्णयहरु सबै विध्यालयहरुमा अक्षरश: लागू गर्न विचरा स्रोतव्यक्तिहरु कुदेकाछन्। कक्षा आठको परीक्षा जहिले भए पनि बा-ह हातको टाँगोले नछुने प्रा वि हरु पनि त्यो निर्णयले घिसारिएकछन्। उक्त परीक्षा समितिका पदाधिकारीहरु सायद एस एल सी परीक्षा केन्द्र हुने विध्यालयका प्र अ वा सुपेरिण्टेण्डेण्ट हुनेहरु होलान् । विध्यालयका प्र अ हरुलाई आ-आफ्ना  क्यालेण्डरहरु देखेर लाज लागिरहेको होला। फेरि अर्को वर्ष नलाग्दै यस्तै ढाकछोपको लागि क्यालेण्डर बनाउन बितिसकेकोछ।  जिल्ला शिक्षा कार्यालय वा शिक्षा ऐन नहुँदा बरु विध्यालयहरुको पढाई हुने दिनहरुको बारेमा अभिभावक वा विध्यार्थीहरुलाई प्र अ ले विदाको औचित्य पुष्टी गर्नुपर्थ्यो होला। स्रोत केन्द्र वा स्रोतव्यक्ति नहुँदा प्र अ हरु जवाफदेही हुने गर्थ्यौं। अहिले त स्रोतकेन्द्रको निर्णय भनिदिए पछि आ-आफ्ना सबै रहरहरु पूरा गर्न सकिन्छ। कुनै निमुखाले स्रोत व्यक्तिलाई किन यस्तो भएको त सर भन्यो भने प्र अहरु स्वयम् बसेर गरेको निर्णय भनिदिए भैहाल्छ। विचरा ती निमुखाहरु कता प्र.अ. कता स्रोतव्यक्ति, नियम, कानुन , हक अधिकार जस्ता शव्दले नै रन्थनिन्छन् र पन्छिन्छन्। टाठाबाठालाई सरकारी विध्यालय जहाँ आफ्ना बालबालिका पढाउनुछैन, के मतलव। जेसुकै होस्।
विध्यालयलाई चाहिँ समुदायमा लग्नुपर्छ भन्न जान्नेहरुले स्रोतकेन्द्रमा सबै सरोकारवालाहरुको हक र अपनत्व विकास गर्न चाहिँ किन नचाहेका होलान्। प्र अ हरुले स्रोतव्यक्ति निर्वाचित गर्ने र तिनै स्रोत व्यक्तिहरुले विध्यालयका यावत मामिलाहरुको नियमन गर्नुपर्ने अहिलेको व्यवस्था कसरी प्रभावकारी हुने हो, मैले बुझेकोछैन। स्रोतव्यक्तिले प्राविधिक वा प्रशासनिक काम गर्ने हो भने त अर्कै छनौट प्रणाली हुनुपर्ने हो। अनि स्रोतव्यक्ति छनौट भेसके पछि स्रोतकेन्द्रहरुलाई सबै सरोकारवालाहरुको साझा संस्था बनाउनु पर्नेमा प्र.अ.हरुको मात्र निकाय नबनाउनुपर्ने हो। नियमले त छेकेको छैन होला, जिल्ला शिक्षा कार्यालयले अलिकति ध्यान पु-याउने हो भने पनि त्यसो हुनसक्थ्यो। रह्यो कुरो प्र अ बैठकबाट नै नियमनको लागि असल निर्णयहरु गरे भैहाल्थ्यो नि भन्ने कुरा, त्यो चाहिँ नहुँदोरहेछ। त्यो कार्यान्वयनको तहमा चाहिँ जायज भन्दा पनि लोकपृय निर्णय हुने संभावना बढी हुने रहेछ। सुविधा प्राप्त गर्ने पात्रहरु र सो को लागि निर्णय गर्ने पात्रहरु रहेको एउटै निकाय भएपछि निर्णयहरु बरालिने रहेछन्। जुन राष्ट्रिय समस्या हो, त्यो हामीहरु स्रोतकेन्द्रमा भोगिरहेकाछौ।
जिल्लास्तरीय परीक्षा समितिले गरेको निर्णय र  त्यसले पार्ने असरको बारेमा निर्णयकर्ताहरुले जवाफदेही लिनै पर्दछ। रह्यो कुरो कक्षा आठको त्यो त्यति अगाडि नल्याए पनि गर्न सकिने परिक्षा हो। ल्याइहाले पनि यसपाली चाहिँ कक्षा ८ को अन्तिम परीक्षाको निर्णयकर्ताहरुले यी कारणहरुले फागुण २६ गतेबाट सुरु गर्नुपरेको भएता पनि सो कक्षा बाहेक अन्यको हकमा प्रचलित नियमावली बमोजिम नै गर्नु भनिदिए हुनेथियो। २०-२५ वटा विध्यालयहरुमा चल्ने एस एल सी परीक्षा देखाएर जिल्लाभरीको ४-५ सय सार्वजनिक विध्यालयमा बालबालिकाले  पढ्न पाउने दिन घटाउन पाइँदैन। अन्य जिल्लाको पनि यस्तै होला। हिजो दोलखा र नुवाकोटका प्रअहरु पनि यस्तै हो भन्दै हुनुहुन्थ्यो। शिक्षाविभागमा अनुगमन गर्ने निकाय पनि छ । जिल्लाहरुमा अनुगमन गर्नको लागि खर्च पनि आउँछ । हामी शिक्षकहरुले विध्यालय बन्द नगरि आन्दोलन गर्दा त बालबालिकाको अधिकार हनन् भयो भनी कराउने अधिकारवादीहरु र वकिलहरुले मुद्दा हाले। हाम्रै सरकारले केहि नगरे पनि शिक्षाक्षेत्रका दातृसमुदायले वरिष्ठ महानुभावहरुलाई हप्काउलान्। देशभरिका करिब ४० लाख विध्यार्थीहरुको एक महिना भनेको लामो समय हो। करिब ४ लाख शिक्षकहरुमा सो समयमा हुने खर्च पनि त धेरै नै हुन्छ ।
laxmansirco@gmail.com

नेपालको शिक्षामा सूचना र प्रविधिको प्रयोग

October 5, 2013 at 9:34am
आ व २०७०/०७१ को बजेट बक्तव्य मार्फत जारी शिक्षाको नीति तथा कार्यक्रमहरु मध्ये शिक्षामा सूचना र प्रविधिको प्रयोग सम्बन्धि कार्यक्रमले अहिले सर्वाधिक चर्चा पाएकोछ।  हाम्रो शिक्षामा अत्याधुनिक प्रविधिको प्रयोग नौलो सन्दर्भ भएकोले र  धेरै रकम (रु एक अरब) छुट्याएर  देशभरका सबै ७१४३ सामुदायिक माध्यमिक विद्यालय समेट्न खोजेकोले पनि यसले बढी चर्चा पाएको हो।
हामी शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग वास्तवमा नगन्य नै गर्छौं। रेडियो टिभि भिडियो हाम्रा मनोरंजन र समाचार प्राप्त गर्ने साधन मात्र बने।  सस्तो र स्थानीय सामाग्री  प्रशारण गर्न सक्ने सामुदायिक एफएम रेडियोलाई शिक्षण प्रशिक्षणको प्रविधि बनाउने तर्फ ध्यान पुगेकोछैन । यो सूचना र संचार प्रविधिलाई कक्षा कोठामा भित्र्याउने मामिलामा ग्रामिण क्षेत्रका विपन्न विद्यालयहरुको मात्र नभै शहरका सम्पन्न संस्थागत विद्यालयहरुको पनि एउटै अवस्था छ।
शिक्षा क्षेत्रमा गरिने अध्ययन, अनुसंधानको निष्कर्षहरुको आधारमा निर्णय गर्ने भन्दा पनि अन्य विविध जोड र कोणको आधारमा निर्णय लिने हाम्रो पछौटे पध्दतिमा शिक्षामा सूचना र संचार प्रविधिको प्रयोगको बारेमा सार्थक वहस चल्नु वाञ्छनीय र सान्दर्भिक भएकोले यो लेखलाई त्यतै केन्द्रित गरिएकोछ।
पछिल्लो समयमा शिक्षामा प्रविधिको प्रयोग मध्ये सूचना र संचार प्रविधिलाई सबैभन्दा प्रभावकारी मानिन्छ। विकसित राष्ट्रहरुले सार्वजनिक शिक्षामा यो उच्च प्रविधिको प्रयोग गरेर करिब दुई दशक बिताई सकेकाछन्। ती राष्ट्रहरुले गरेको अनुभव र अनुसंधानहरुको आधारमा बनाएको ज्ञान र आफ्नो स्रोत साधनको आधारमा नै अन्य राष्ट्रहरुमा आ-आफ्ना भावि कार्यदिशा र कार्ययोजनाहरु निर्माण गरिनेहुन्। तिनको आधारमा शिक्षामा सूचना र प्रविधिको प्रयोगको बारेमा सामान्यतया पूर्वाधार विकास, जनशक्ति विकास, सफ्टवेयर विकास र विधि पध्दतिहरु निर्माण र कार्यान्वयन गरी चार कार्यक्षेत्रहरु रहनेछन्। ती क्षेत्रहरुमा हाम्रो अवस्थाको समीक्षा गर्दै केही कार्य दिशाहरु यहाँ प्रस्तावित गरिएकाछन्।
  • पूर्वाधार निर्माण
शिक्षामा सूचना प्रविधिको  प्रयोगको लागि पहिलो कार्यक्षेत्र पूर्वाधार निर्माण हो। यसभित्र बिजुली, कम्प्युटर सेटहरु, उच्च र फराकिलो गतिको इण्टरनेट, प्रोजेक्टर- रिफ्लेक्टर, कक्षा कोठा र फर्निचर नै हुन्। ती भित्र सस्तो र निरंतर भरपर्दो बिद्युत; बलियो, सरल र सस्तो कम्प्युटर सेटहरु प्रकाश र धुलो नियन्त्रित कक्षा कोठा र चलायमान आधुनिक फर्निचरहरु हुनु जरुरी छ। कक्षा कोठाको क्षमता २५-३० भन्दा बढी हुनु नहुने त छँदैछ। शिक्षा सामाजिक क्षेत्र भएकोले शिक्षक-विद्यार्थी बाहेक अन्य साझेदारहरुकोसम्म पहूँच पु-याउन गर्न सकिने नेटवर्किङ पनि पूर्वाधार नै हो। विद्यालयको सुशासनको लागि तथ्याङकहरु अपडेट गर्ने र आमरुपमा प्राप्त हुने बनाउन पनि अहिले नै जरूरी छ। सूचना र प्रविधिको कार्यक्रमको नाममा उच्च प्रविधिका साधन सामाग्रीहरुको खरिद र भण्डारणबाट जोगाउनु जरुरी छ। यी साधन सामाग्रीहरु जहिले चाहिन्छ त्यहि बेलामा खरिद गर्दा सस्तो र बढी क्षमताको पाइन्छन् किनभने विश्वव्यापीरुपमा यिनको मूल्य घट्दैछन्। त्यसैगरी केही राष्ट्रहरुमा शिक्षामा सूचना र प्रविधिको प्रयोगको लागि नीजि र सार्वजनिक क्षेत्रको साझेदारी उल्लेखनीय ढंगले भएकाछन्। विश्व चर्चित वहुराष्ट्रिय कम्पनिहरुले शिक्षामा सूचना र प्रविधिको कार्यक्रममा सघाएकाछन्। त्यसबारेमा हाम्रो देशमा चालू ब्राण्डका कम्पनिहरुसंग पनि यो संबन्धमा तत्काल छलफल गर्नु सान्दर्भिक हुनसक्छ।
  • जनशक्ति विकास
यो उच्च स्तरीय प्रविधिलाई विद्यालयमा भित्र्याउन अवस्य पनि सिपालू र शैक्षिक मर्यादाले ओतप्रोत जनशक्ति आवश्यक पर्दछ। अनुभवहरुले के भन्छ भने नयाँ र बाहिरीया व्यक्तिहरुलाई तयार पारेर कक्षा कोठाभित्र पठाउनुभन्दा साविकका शिक्षकहरुलाई आधारभूत तहको तालिम दिएर कक्षा कोठामा भित्र्याउनु खर्च र शैक्षिक दृष्टिकोणहरुबाट पनि उपयुक्त हुनेछ। अझ तिनै शिक्षकहरुलाई प्रोत्साहित गरेर उनीहरुको  सिकाईलाई आ-फ्ना सहकर्मी अन्य शिक्षकहरुमा प्रशारण गर्ने पध्दति निर्माण गर्नु वेश हुन्छ। हाम्रो विद्यालय, तालिमकेन्द्रहरुमा शैक्षिक प्रविधिको बारेमा व्यवस्थित अध्ययन अनुसंधान सुरु भै नसकेकोले खुल्ला सिकाईलाई पहिचान ,प्रमाणिकरण, प्रोत्साहन गर्नु सान्दर्भिक हुनेछ। केही राष्ट्रहरुले बदलिदै जाने प्रविधिलाई साक्षात्कार गराउने गरी शिक्षकहरुलाई चरणवध्द तालिम दिंदै तयार गर्दै कक्षामा प्रवेश गराएकोछ।
  • सफ्टवेयर विकास
यो उच्च प्रविधिलाई विद्यालयमा भित्र्याइसकेपछि, अब कक्षाकोठामा सिकारुहरुसंग के लेनदेन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। हाम्रो मूलुकको सानो बजार र विद्यालयहरुको खरिद सामर्थ्य कम भएकोले शिक्षण प्रशिक्षणमा प्रयोग हुन सक्ने सामाग्रीहरु त्यति बनेको पाइन्न। फेरि सूचना र संचार प्रविधि अपनाउनुको मूल अभिप्राय नै सिकारूलाई रूची,क्षमताको आधारमा असंख्य सामाग्रीहरु उपलव्ध गराउनु भएकोले सफ्टवेयर उत्पादन र सहज वितरण अर्को महत्वपूर्ण कार्यक्षेत्र हो। हाम्रो पाठ्यक्रममा आधारित भएर लेख्य, चित्रीय, चल चित्रीय र अन्तरकृयात्मक सामाग्रीहरु निर्माणको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्नु उपयुक्त हुनसक्छ। सुरुको चरणमा अन्य भाषामा उपलव्ध नि:शुल्क र खुल्ला सफ्टवेयरहरुलाई उल्था गरेर पनि काम लिन सकिन्छ। विश्वको अनुभवले रेडिमेड सामाग्रीहरु कक्षाकोठामा पस्कँदा सिकारूहरुको सृजनशिलतामा –हास आउने भएकोले शिक्षक र विद्यार्थीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई नै कक्षाकोठामा प्रयोग गर्नसक्ने गरी बनाउन प्रोत्साहन गर्नु जायज ठानिएकोले सो क्रम बढेकोछ। तेस्रो विश्वका गरीब मूलुकहरुको लागि भनी निःशूल्क सफ्टवेयरहरु निर्माण गर्ने अभियानहरुबाट नेपालले फाइदा उठाउन सक्ने भएकोले त्यता ध्यान दिनु उपयुक्त हुनेछ।  पाठ्यसामाग्री र त्यसको कक्षागत प्रयोग विद्यालय पिच्छे फरक फरक हुनसक्ने भएकोले राष्ट्रियस्तरमा स्तरिकरण गर्नको लागि पाठ्यक्रम विकास केन्द्र जस्तो निकायले नै विद्यालय तहको स्तरीय र औपचारिक सामाग्री सहितको एउटा शक्तिशाली स्रोतकेन्द्र बनाउनु त्यतिकै जरूरी हुन्छ। जसबाट शिक्षक तथा विद्यार्थीहरुले मनग्य लाभ लिन सक्नेछन्।यसो गरेमा अनौपचारिक शिक्षालयहरुले पनि अहिले झेलिरहेको स्रोतसामाग्रीको अभाव र अपर्याप्तता हल हुनसक्नेथियो।
  • विधि पध्दतिहरुको निर्माण र कार्यान्वन     
नेपालको शिक्षामा सूचना र संचार प्रविधिको प्रयोग संबन्धमा औपचारिक तवरमा राष्ट्रिय प्रारुप र गुरुयोजना निर्माण गरिएकाछन्। नीति निर्माणको तहबाट झरेर विद्यालय र अन्य कार्यान्वयनको तहमा धेरै कामहरु गर्नु बाँकि छ। कक्षाकोठासम्म कम्प्युटर र ईण्टरनेटको निर्वाध प्रयोग गर्न निति, नियम, विभिन्न संहिताहरुको निर्माण र तिनको व्यवस्थित प्रयोग अर्को महत्वपूर्ण सवाल हो। विद्यालय ज्ञान सीप वितरण गर्ने थलो मात्र नभै असल संस्कार नयाँपुस्तामा स्थापित गर्ने निकाय पनि भएकोले संबन्धित समाज र विद्यालयको संस्कार, मूल्य मान्यता र संबन्धहरुलाई सम्मान गर्ने गरी उपकरणहरुको प्रयोग गर्नु र सिकाउनु पनि त्यति कै महत्वपूर्ण कार्यक्षेत्र हो। आधुनिक समयमा ईण्टरनेट सुरक्षा र यसमा काम गर्नेहरुको संहिता अर्को महत्वपूर्ण विषय बनेर आएकोछ। अब मानिसको नीजि देखि असंख्य सूचनाहरु इण्टरनेटमा नै रहेन भएको तिनको सुरक्षाको मामिला पेचिलो बन्दै गैरहेकोले डाटाको सुरक्षा समेत शिक्षणको विषयवस्तु बनाउनुपर्ने भएकोछ।  
अन्तमा, हाम्रो सन्दर्भमा थप केहि महत्वपूर्ण सवालहरुमा प्राथमिकताकोसाथ ध्यानाकर्षण हुनु जरुरीछ। नेपालको विद्यालयहरुलाई विध्युतिकरण गर्ने मामिलालाई शिक्षा मन्त्रालय र विध्युत प्रधिकरणको साझा दायित्वभित्र राखेर द्रूतगतिमा अघि बढाउनुपर्छ। हाम्रो विद्युतको नियमितता र उतारचढावले हालसालै हामीलाई बढी महत्वाकांक्षी नबन्न सुझाउँछ। सोही बमोजिम कम्प्युटरको सुरक्षा, पाठ्यक्रम र योजनाहरु निर्माण गर्नुपर्नेछ। “नि:शुल्क” बनाइएका विद्यालयको विध्युत वायरिङ र महसूल अहिले पनि गार्हस्थ वितरणको भन्दा धेरै महंगो छ, खर्चको बन्दोबस्त गर्नुपर्नेछ। सोलार वा अन्य विद्युतबाट कम्युटर चलाउने रहर पूरा नहुनसक्छ। यसबारेमा अध्ययन र अनुभवहरुको विश्लेषण गरेर मात्र अघि बढ्नुपर्दछ। “विद्युत नभएको स्थानमा पनि कम्प्युटर” जस्तो नीरपेक्ष समानताको लोभबाट यी कार्यक्रमहरुलाई जोगाउनु अर्को महत्वपूर्ण सवाल हुनसक्छ। यस्तो लोभले परियोजनाहरु खर्चिलो र नटिक्ने हुन्छ। अहिले हाम्रो अवस्था भनेको विद्युत पुगेको स्थानको विद्यालयमा शक्तिशाली ईण्टरनेट पु-याउने, पुस्तकालयमा भए पनि शिक्षक आफैँले एउटा स्रोत कम्प्युटरबाट बिभिन्न किसिमका सूचनाहरु प्राप्त गर्ने, पेनड्राइभमा हालेर प्रोजेक्टर को सहायताले कक्षाकोठामा पाठयोजना बमोजिम प्रस्तुत गर्ने हो। अनि सकेको कम्प्युटर राखेर शिक्षक विद्यार्थीले कम्प्युटर सिक्ने प्रयोगशालाको व्यवस्था गर्ने हो। विद्यालयको प्रशासनिक, लेखा, परीक्षा लगायतको सामाग्रीहरु तयार गर्ने र इण्टरनेटको मद्दतले प्रशारण गर्नेहो।
त्यसैगरी पाठ्यक्रम निर्माण गर्दा अहिले गृहकार्य कम्प्युटर/ईण्टरनेटबाट गर्न पाउने र नपाउने विध्यार्थीहरुको लागि दुबै बाटो खोलेर जानु उपयुक्त हुनसक्छ। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगको कुरा गर्दा अन्य उपलव्ध लोकपृय मिडियाहरुको प्रयोगको संभावनालाई पनि बिर्सनुहुन्न। तिनीहरुमा पत्र पत्रिका बाहेक टिभि, रेडियो, मोबाइल र सामुदायिक एफएम हुनसक्छन्।  स्थानीय सामुदायिक रेडियोहरु सस्तो र स्थानीय सामाग्री पस्कने साधन हुनसक्छन्। अहिलेसम्म हाम्रा मिडियाहरुलाई शिक्षाको शीर्षकमा कक्षाकोठाभित्र पाठ्योजना  र कक्षागत कृयाकलापसम्म पु-याउनसकिएकोछैन।
सारांसमा, नेपालको शिक्षामा सूचना र प्रविधिको प्रयोगको लागि सरकार अघि सर्नु अत्यन्त प्रगतिशिल कदम हो। गरिब जनताको गाँस काटेर जुटाएको राजश्व खर्चने यस्तो कार्यक्रमहरुलाई फराकिलो छलफल, विज्ञहरुको राय सल्लाहको आधारमा चूस्त दुरुस्त ढंगले कार्यान्वयन गर्नुपर्दछ। अन्यथा कार्यान्वयनमा हुने व्यथितिले उत्पादनमा –हास आउँछ। अनि त्यहि निष्कर्षलाई हेरेर हामी पछि हट्नेछौं । त्यतिबेला हामीलाई त्यतै छोडेर अरु धेरै अघि बढिसकेका हुन्छन्। 

“दुरुपयोग” भएका ल्यापटपहरुबारे


August 13, 2013 at 10:25am


गत अगष्टको पहिलो सातातिर कोरियाको हानयाङ विश्वविद्यालयमाशैक्षिक प्रविधि सम्बन्धि सत्रहरुमा सहभागी भैररहँदा कोही साथीले ईमेल गरेको यो“दुरुपयोग भएका ल्यापटपहरु बारे” को खबर पत्रिकामा हेरेको थिएँ  । फेरि यहाँ आइपुगेपछि धादिङबेशीजाँदा शिक्षा कार्यालयका कोही साथीहरुले सोही विषयमा सार्वजनिक सुनुवाई भएको पनिसुनाउनुभयो। सबै मानिसहरुले के धारणा बनाएको पाएँ भने वास्तवमा सो (ल्यापटप)सदुपयोग भएको छैन। सो सम्बन्धमा कसैले केहि प्रतिवाद गरेको पनि सार्वजनिक मिडियामापाइन। म एकजना सो ल्यापटप  प्राप्त गर्नेशिक्षाकर्मीको नाताले मैले सो सामाग्री के गरेँ र के गरिरहेकोछु भन्ने बारेमा सार्वजनिकजानकारी गराउनु आफ्नो दायित्व ठानेर यो लेख लेखेको हूँ । आशा छ अन्य साथीहरुलेपनि यो मामिलामा आफ् आफूले सो बारेमा जानकारी गराउनुहुनेछ।  
तीन वर्ष अघि २००८ को मे महिनातिर जिल्ला शिक्षाकार्यालयले सबै स्रोतकेन्द्रहरुलाई कम्प्युटरिकृत गर्ने कार्यक्रम ल्याउँदाडेस्कटप भन्दा ल्यापटप उपयुक्त हुन्छ भनेर सल्लाह दिनेहरुमध्ये म पनि एकजना थिएँ ।सधै फिल्डमा अनुगमन र सुपेरिवेक्षण गर्नुपर्ने श्रोतशिक्षकहरुलाई एकठाउँमा रहनेडेस्कटप भन्दा त एकचोटी विजुली चार्ज गरे पछि केहि घण्टा काम गर्ने र हलुंगो पनिहुने भएकोले लिएर उकालो ओरालो गर्न सकिने भएकोले ल्यापटप चाहिँ उपयुक्त आशा गरिएकोथियो। क-कसले त्यसको उपयोग कसरी गरे म व्यक्तिगत रुपमा नै भन्न सक्दिन तर त्योनिर्णय बेठिक नै थियो भन्ने मलाई लाग्दैन। तर त्यो निर्णय आलकाँचो थियो भन्नेअहिले लाग्दछ। अझ त्यो निर्णय हामी कम्प्यूटर नबुझ्ने मानिसहरुले गरेको भन्ने चाहिँजो कसैले बुझ्नसक्दछ।
मैले यो ल्यापटप  नेपाल शिक्षक युनियनको धादिङ जिल्ला अध्यक्षकोहैसियतले प्राप्त गरेको थिएँ। जिल्ला शिक्षा समितिले सो ल्यापटपको स्वामित्वविद्यालयमा रहने भनी निर्णय गरेको आधारमा सो ल्यापटप मेरो विद्यालयको जिन्सिखातामा प्रविष्ट गराएकोछु। साथमा प्राप्त गरेको प्रिण्टर पनि मसंग सुरक्षितरहेकोछ। मल्टिकलर प्रिण्टर भएकोले त्यसको प्रयोग अलिक खर्चिलो हुने भएकोले त्यतिप्रयोगमा ल्याउन सकिन। मैले नेट चलाउने डिभाइस लिएको छैन। पहिलो लटमा मेरो भागनपुगेको र दोस्रो लट आइपुग्दा मैले विध्यालयबाट अध्ययन विदा लिई सकेकोले सो सामाग्रीमैले शिक्षा मन्त्रालयको प्रांगण काठमाण्डौमा तत्कालिन जिल्ला शिक्षा अधिकारीकोहातबाट बुझिलिएको हूँ। ल्यापटप अहिले पनि सुरक्षित र कामकाजको हालतमा छ।


मैले सो ल्यापटप  बुझेर के गरें , सविस्तार वर्णन गर्न चाहन्छु।
 मैलेघरमा एउटा पुरानो नोटबुक ( सिडि रोम नभएको ल्यापटप) बाट कम्प्युटर चलाउन थालेको २०६० तिर बाट नै हो। ०६२।०६३ को जनआन्दोलन सकिनेबित्तिकै सिडियमए प्रविधिबाट डायलअप कनेक्सन गरेर इण्टरनेट पनि जोडेकोथिएँ। सोहिबेला देखि म इमेल र इण्टरनेटको साधारण उपभोक्ता पनि हूँ। मलाई केहि मित्रहरुले तिमीलेयो हाइटेकमा गरेको खर्चको पाई पाई चुक्ता हुन्छ, नडराउ भन्थे। म हौसिँदै खर्चगरिरहेकोथिए र  उत्साही पनि थिएँ। मैले शिक्षण पेशा गर्नेले नजानी नहुने भनेर साथीभाईकोसिफारिसमा वर्ड र एक्सेलका आधारभूत सीपहरु, गुगल सर्च इञ्जिनको प्रयोग, पावरप्वाइण्ट स्लाइड निर्माण र प्रयोग आदि जानिसकेको थिएँ। केहि हदसम्म त्यहि पहूच रसिप प्रयोग गरेर काठमाण्डौ विश्वविद्यालयको छात्रवृत्ती प्राप्त गरेर अध्ययनगर्नथालेपछि मेरो पेशागतसीपले गति लिएको महशूस गरेकोछु। नेपालको गाउघरको एउटासामुदायिक विद्यालयमा पढाउने म अहिले संसारका औसत शिक्षकहरुले आफ्नो पेशागत काममा प्रयोगगर्ने सूचना सञ्चारको आधुनिकतम प्रविधिहरुको प्रयोग गर्ने हैसियत बनाएकोछु। सोहिसीपहरुमा आधारित भएर केहि अन्तर्राष्ट्रिय सभासेमिनार र तालिमहरुमा सहभागी हुनेअवसर पनि प्राप्त गरेको छु। आत्मवल बढाएकोछु।        
मेरो यसरी हैसियत उठाउनको लागि त्यही ल्यापटपलेसा-है ठूलो योगदान गरेकोछ। साथै काठमाण्डौ विश्वविध्यालयको शिक्षण प्रशिक्षण विधिर त्यहाँ प्रयोग हुने तुलनात्मक रुपले शक्तिशाली ईण्टरनेटले सहयोग पु॒-याएकोछ।काठमाण्डौ विश्वविद्यालयको स्कूल अफ एडुकेशनले विध्यार्थीहरुको कार्य अनिवार्यरुपमा डिजिटल भर्सनमा मात्र स्विकार्ने र त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरको एपिएफर्म्याटमा मात्र बुझ्ने भएकोले मैले वर्डमा धेरै कुरा सिक्न वाध्य भऐँ। त्यसै गरीनियमित रुपमा गर्नु पर्ने डिजिटल पृजेण्टेशनले मलाई पावरप्वाइण्टमा सिपालू हुन करलगायो। इमेज र मल्टिमिडियाको प्रयोगहरु सिकायो। लेखहरु लेख्न र बिभिन्न लेखकका रचनाहरुको समीक्षा गर्नुपर्ने भएकोले गूगललगायत बिभिन्न सर्च ईञ्जिन प्रयोग गर्न सिकायो।विकिपेडिया,विकिम्यापिया,विकिभर्सिटि आदिको महत्व त्यहिँ बुझेको हूँ। प्रभावकारीकक्षा संचालन गर्न युट्युबको ट्युटोरियल विडियोक्लिप्स डाउनलोड गरेर युएसबिबाटप्रदर्शन गर्न त्यहीँ जानेको हूँ। सोसियल नेटवर्कबाट साथीभाईसंग विचार आदानप्रदानगर्न त्यहिँ सिकेका हूँ। त्यहाँबाट बाहिरिँदा मेरो फेसबूक, ट्विटर, स्काइपीका पेजहरुबाहेकदुईवटा ब्लग र एउटा वातावरण शिक्षाको क्षेत्रमा काम गर्नेहरुमाझको नियमित नेटकन्फ्रेन्सिङबाट कार्यक्रम संचालन गर्ने ग्रुप पनि बनाएको छु। आफ्नो वेबसाइटडिजाइन गर्दैछु। त्यो विध्यार्थीहरुसंग दोहोरो अन्तर्कृयात्मक संवादको लागि स्टेशनतयार हुनेछ।  
मैले आजभोलि शिक्षकलाई  क्लासरुम फेसिलिटेटर मात्र हैन, कक्षाकोठाको प्रोग्रामडिजाइनर मान्न थालेकोछु। अब शिक्षकले आफूले अलि अलि जानेका कुरामा कथेर कनी कनीप्रवचन गर्ने नभई संसारका सर्वोत्कृष्ठ विद्वानहरुले विषयवस्तुमा दिएका व्याख्या,पृजेण्टेशन, सामाग्रीहरु संकलन गरेर कक्षाकोठामा पस्कने हो। त्यसलाई अझ प्रभावकारीबनाउन थप के गर्ने भनेर कार्यक्रम डिजाइन गर्ने हो। सिकारूहरुलाई यो भन्दा राम्रासामाग्रीहरु संकलन गर्न, प्रदर्शन गर्न, समीक्षा वहस चलाउन लगाउने हो। त्यसविषयवस्तुलाई स्थानीय उदाहरणहरुसंग सान्दर्भिकीकरण गराउने हो। भाषाको पर्खालहरुलाईभत्काउने हो। वहसमा उठेका प्रश्नहरुको जवाफ र मुद्दाहरुलाई सरलिकृत गर्ने हो।      
फेरि एकचोटि जिशिकाले बाडेको ल्यापटप तिर नैजाउँ। हामीलाई ल्यापटप दिएर राम्रो भएकै हो । तर त्यो कार्यक्रम पनि हाम्रो सरकारकोअरु कार्यक्रम जस्तै टुक्रे, खुद्रेपनको शिकार भएको हो। सबैले बुझ्ने उदाहरण भनौँहामीलाई एउटा फालि दिएर बारि जोत्न भनियो। ३ वर्ष पछि आएर सो फालिको दुरुपयोग भएकोभनेर हल्लिखल्ली भएको छ। बालि नलगाएको, धेरै अन्न नउब्जाएको भनिएको छ। नियम कानुनआदिको कोणबाट को कसले कसरि दुरुपयोग गरेका छन्, तिरुन् , मलाई केहि भन्नु छैन। तरप्राविधिक हिसाबबाट हामीलाई ल्यापटप  दिनेहरुले त्योबाट केही काम गर्न पनि तालिम गराएनन्,वाध्य पारेनन् । अत्याधुनिक प्रविधिको प्रयोग गर्ने जनशक्तिको रुपमा तयार गर्नआवश्यक कार्यक्रम बनाएनन्।  नेटवर्किङ गराएनन्।कुनै प्रणालीमा संलग्न हुन प्रोत्साहित गरेनन्। निति नियम आचारसंहिताको बारेमाछलफल गरेनन्। सिकाइको लागि वातावरण दिए र पाएमा केहि हुनसक्छ भन्ने उदाहरण म आफैँछु। मैले कुनै श:शुल्क कम्प्टर तालिम लिएकोछैन। कम्प्युटर सिक्न भनेर एकदिन पनिमूल काम बिगारेको छैन। शिक्षकले गर्नुपर्ने धेरै कामहरु जानेकोछु। त्यो भन्दा पनिमहत्वपूर्ण कुरा मेरो आत्मवल बढेकोले आइपर्ने समस्याहरु म सिकेर भएपनि गर्न तयार भैहाल्छु।
 मैलेजिशिअसंग आफैले ती साथीहरुसंग करिब तीन घण्टा ल्यापटप सहित बस्न मिलाइदिनुहोस्, मशिक्षाकर्मीले नजानी नहुने केहि सीपहरु सिकाउन चाहन्छु भनेर अनुरोध गरेँ। नेपालीटाइप नजान्ने साथीहरुलाई युनिकोडबाट रोमानाइज्ड टाइप सिकाउन चाहन्थेँ।पावरप्वाइण्ट बनाउन सिकाउन सकिन्थ्यो, इमेल गर्न सिकाउन सकिन्थ्यो। यी मामिलामाकम्तिमा आँट भर्न सकिन्थ्यो। यो मेरो स्वयमसेवी कार्य हुनेछ पनि भनेको थिएँ।  त्यो पनि मिलाएनन्। अरु केहि गरेनन्। आफैँ त किनहुन्थ्यो र ? म भन्दा धेरै दक्ष हुन सक्ने साथीहरु आज हातमा ल्यापटप लिएर तीनवर्षदेखि लगभग डिजिटल निरक्षर हुनुहुन्छ। डिजिटल प्रविधिको लागि तीन वर्ष भनेकोधेरै लामो समय हो। धेरै काम गर्न सकिने समय हो।  त्यसैले त्यो निर्णय आलोकाँचो र त्यसयताको जिल्लाशिक्षा कार्यालयको नेतृत्व आफैँ शैक्षिकप्रविधि र शिक्षामा सूचना र संचारप्रविधिको तागतको बारेमा अनभिग्ञ हुन् भनेको हो।    
मेरो विचारमा ढिलो त भयो तर बरबाद भइसकेकोछैन। स्रोतव्यक्ति र शिक्षक नेताहरुलाई ल्यापटप दिने त्यो निर्णय अझै पनि ठिक छ। कम्प्यूटरकोसफ्टवेयर खासै बिग्रँदैन र बिग्रेमा पनि सस्तोमा फेर्न सकिन्छ। सबै जसो ल्यापटप  लिने श्रोतव्यक्ति उनै छन्। शिक्षक नेताहरुलेआफूले लिएका ल्यापटपहरु आआफ्नो कार्यकाल पछि सम्बन्धित विध्यालयहरुलाई बुझाएका होलान्।नभए बुझाउन्। त्यसपछि केहि दिनको आधारभूत तालिम चलाऊँ, आचारसंहिता निर्माण गरौं,ल्यापटप प्रयोग र सुरक्षा सम्भार सम्बन्धि निर्देशिका बनाउँ, लागू गरौँ, मासिकबैठकमा पालै सित सिकेका नयाँ सीपहरु प्रस्तुत गर्ने परिपाटी बसाऔँ, सबैले भन्दाराम्रो गर्ने साथीलाई वार्षिक रुपमा प्रोत्साहित गरौँ। धेरै थोक व्यवस्थित गर्नसकिन्छ र आफ्नो काममा गुणस्तर दिन सकिन्छ।
सबै काममा पुरानो ढर्राबाट नयाँमा फडको मार्नसुरुमा गा-है हुन्छ। भरियालाई सुरुमा नाम्लो मिलाइदिनुपर्दछ। धकेल्नु पनि पर्छ। तरहिड्न थालेपछि धकेलि रहनुपर्दैन। कम्प्युटर प्रविधि पनि त्यस्तै हो। फेरि मैलेल्यापटप लिने सबै साथीहरु सबैजनाले केहि न केहि सिक्न चाहनु भएको भेटेकोछु। तरत्यहाँ कम्पयूटरको प्रयोगबाट हुने फाइदाको अग्ञानता, सिक्ने र सिकाउनेको तत्परताकोकमि, शिक्षा कार्यालयको त्यसको प्रयोगलाई अनिवार्य गराउने कुरामा अलमल र सिक्दा तलपरिन्छ भन्ने हाम्रो रुग्ण मानसिकताले वाधा गरेकोछ। त्यसकारण ल्यापटप वितरणबाटस्रोतको दुरुपयोग भयो भन्नु वा निरास हुनु वा बनाउनु भन्दा अब तीब्र सदुपयोग गर्नसबै मिलेर लागौँ। यो भन्दा अघि जे हुनुथियो, त्यहि भएको हो। हार्डवेयर सप्लाईबाटमात्र सबै कार्य किन हुन्थ्यो र ? जति राम्रो सडक, कार र मालिक भए पनि त्यो किन आफैँहुइकिन्थ्यो र ? कम्तिमा कारवालाले त्यो कार चलाउन चाहनुप-यो, सिक्न र जान्नुप-यो,कतै यात्रा गर्ने चाहना वा आवश्यकता हुनुप-यो, तेल मोबिल ग्रिज सहितको सर्विसिङगरेको कार र सडक क्लियर त हुनुप-यो नि। ती ल्यापटपहरुको प्रयोग पनि त्यस्तै भएकोहो