Tuesday, September 2, 2014

नेपाली शिक्षक आन्दोलनः अब कता



पंचायतको कालरात्रीमा गाउँघरसम्म चेतना, संगठन र संघर्षको माध्यमबाट राष्ट्रकै

परिवर्तनको संखघोष गर्नेनेपाली शिक्षकहरु२०३६ सालदेखि नेपाल राष्ट्रिय शिक्षक संगठन

निर्माण गरी एउटैझण्डा समातेर आन्दोलनरत थिए। शिक्षकहरुलेबलिदानीपूर्ण लडाई लडेर आफ्नो

पेशामा स्थायित्व, विद्यालयको आफ्नैखातामा निजामति कर्मचारी सरह तलवभत्ताको निकाशा,

संचयकोष र औषधोपचारको सुविधा, उपदान आदि सुविधा सोहि बेला प्राप्त गरेकाथिए। प्रजातन्त्रको

पूनर्स्थापना लगत्तै२०४७ सालमा आस्थाको आधारमा सुरुगरिएको विभाजन अहिलेचरम फूटको

अवस्थामा आइपुगेकोछ। गत २४ वर्ष देखिको यो निरंतर भैरहेको फूटलेशिक्षक स्वयंको साथैसबै

साझैदारहरुनिरास भएकाछन्। शिक्षकहरुमूलत आफ्ना तलव र सुविधा, कार्यथलोको वातावरण र

पेशागत सुरक्षाको लागि वर्षौंदेखि उठाइएका आफ्ना मागहरुनसुनिएको कारणलेनिराश छन्। अन्य

साझेदारहरुशिक्षकको एउटैर ससक्त शिक्षक युनियन भैदिएको भए शिक्षकहरुलेआ-आफ्नो हक

अधिकारको कुरा बाहेक शैक्षिक विकासको क्षेत्रमा समेत थप योगदान गर्नसक्नेथिए कि भन्नेरहेको

देखिन्छ। बहूयुनियनद्वारा हैरान भएका शिक्षा प्रशासकहरुपनि अब त शिक्षकहरुको सबैसंघ संगठन

र युनियनहरुएउटैभैदिए बरुसजिलो हुनेथियो कि भन्नेनिष्कर्षमा पुगेको देखिन्छ।

शिक्षक नेतृत्वले ‘जूटेमा हामी सौदाबाजी गर्छौं, फूटेमा माग्नेहुन्छौ‘, भन्नेजान्दाजान्दै

नितान्त आफूलेबोकेको विचारधारा र पेशामा भएको सामान्य फरकको आधारमा भिन्दाभिन्दैसंगठनहरु

बनाउन मञ्जूर गरेपछि जेहुनुथियो, त्यही भयो। कुनैबेला आफ्ना मागहरुपूरा गराईकन राष्ट्रिय

राजनीति र शिक्षालाई समेत डो-याउन सक्नेनेपाली शिक्षक आन्दोलन अहिलेसरकारसंग विगतमा

गरिएका संझौताहरुकार्यान्वयन गराउन समेत नसक्नेभएकोछ। आ-आफैंलेझोला बोकेर चुनाव

जिताएको दल र तिनका नेताहरुलाई आफ्ना मागहरुको पक्षमा उभ्याउन समेत नसक्नेभएकोछ।

शिक्षा ऐन सातौँसंसोधन (२०५७)मा भएको युनियनको व्यवस्थालाई सदुपयोग गरेर तत्कालका सबै

शिक्षक संगठनहरुमिलाएर बनाइएको नेपाल शिक्षक युनियनलेसुरुमा राम्रो उत्साह भरेपनि आफू

हुर्कन नभ्याउँदैराष्ट्रिय राजनितिमा आएको परिवर्तनमा आफूलाई खरो उतार्न सकेन। त्यसको

विकल्पमा बनाउन खोजिएका युनियनहरुत झन आफ्ना मार्गदर्शक सिध्दान्तमा नैरहेका खोटपूर्ण

विसंगतिहरुलेथला परेकाछन्।

तर विगत तीन वर्ष देखि गरिएको सरकारसंगको संयुक्त संघर्ष र आफूबीचको सहकार्यले

शिक्षकहरुको पेशागत समुदायको दूरी धेरैकम भएकोछ। पेशागत काम गर्नको लागि बलियो युनियन

नहुनेहो भनेसबैसरकारको शिक्षकहरुसंग गर्नेव्यवहार उस्तैहुनेरहेछ भन्नेकुरा पूष्टी र ज्ञात पनि

भएकोछ। कम्तिमा हामीलेभनेको सरकार सत्तामा रहँदा हाम्रो दिन फिर्छ भन्नेसोचबाट शिक्षक

समुदाय मुक्त हुनुजरुरी थियो, भएकोछ।

 नीजि विद्यालका शिक्षकहरुको समस्या सामुदायिक विद्यालयका शिक्षकहरुको भन्दा जटील छ।

त्यहाँव्यापक शोषण छ। पेशामा प्रवेश, विकास र सुरक्षाको आधारभूत प्रवन्ध समेत छैन। ऐनमा

भएका व्यवस्था कार्यान्वयन भएको विद्यालयहरुपाउन मुस्किल छ। रोजगारदाता स्वयंविद्यालय

नैभएकोलेती विद्यालयका शिक्षकहरुको आधारभूत हक अधिकारको प्रत्याभूति गराउनको लागि

विद्यालय स्तरमा नैप्रतिष्ठान स्तरको आधिकारिक युनियनको व्यवस्था गर्नुसान्दर्भिक हुन्छ।

विद्यालयहरुआफूलाई कम्पनि ऐन अनुसार व्यवस्थित गर्नेहो भनेत्यहाँसरकार, व्यवस्थापन

(मालिक पक्ष) र शिक्षक युनियन बिच सौदावाजीको लागि बन्नेत्रिपक्षीय संयन्त्रमा जानुनै

शिक्षकहरुको हक अधिकारको लागि उपयुक्त हुनसक्छ। कम्पनि ऐनको साटो सहकारी, गूठी वा

अन्य कुनैप्रकारका र साना नीजि विद्यालय भएमा सोही बमोजिमको मोडेलमा प्रतिष्ठान स्तरको

आधिकारिक युनियनको खाँचो पर्दछ। संस्थागत वा नीजि विद्यालयका शिक्षकहरुको संगठन भनेर

विद्यालय बाहिर बन्नेकार्यकारिणी निकायहरुअन्य उध्देश्यको लागि प्रभावकारी भए पनि नीजि

विद्यालयका शिक्षकहरुको हकअधिकारको लागि प्रभावकारी हुदैनन्। आफ्ना सदस्यहरुको हितको

लागि भूमिका खेल्न नसक्नेयुनियनहरुउत्पादनको लागि वाधक मात्र नभैस्वयम सदस्यहरुको

शोषणको साधन पनि बन्दछ। आफ्ना सदस्यहरुको सेवा सुविधा सुरक्षाको साथैविद्यालय बाहिर

अन्य कार्यहरुको संयोजन गर्नको लागि नगर, जिल्ला वा केन्द्रीय निकाय बनाउनुचाहिँस्वभाविक

मानिन्छ। शिक्षाको नीति निर्माण, सेवा सुविधाको निर्धारण जस्तो महत्वपूर्ण निर्णय गर्ने

निकायहरुमा आफ्नो प्रतिनिधित्व गराउनको लागि चाहिँसबैशिक्षकहरुको केन्द्रीय युनियनमा

नीजि विद्यालयका युनियनहरुलाई समेत संगठित र व्यवस्थित हुनुवाञ्छनीय देखिन्छ। त्यसकारण

आधिकारिक युनियनको आवध्द संस्था (Affiliates) नबनाएर नीजि विद्यालयका शिक्षकहरुको

युनियनलाई संलग्न संस्था (Associates) बनाउनुसान्दर्भिक हुनेछ।

 सामुदायिक विद्यालयका शिक्षकहरुको हकमा चाहिंहालसम्म स्थानीय स्तरको शैक्षिक

व्यवस्थापनको निकाय जिल्ला सदरमुकाममा रहेकोलेसोही स्तरसम्म युनियन बनाए पुग्नेदेखिन्छ।

भविष्यमा व्यवस्थापकीय निकायहरुजहाँसम्म रहन्छ, त्यहाँसम्म युनियन बनाउनुसान्दर्भिक

हुनेछ। फेरि बहुयुनियनको विद्यमान अवस्थामा शिक्षक नेताहरुको विद्यालयमा अनुपस्थिती

अस्वभाविक रुपमा बढेकोछ। त्यसकारण अबको संरचनाको बहसमा सकेसम्म कम शिक्षकहरु

अनुपस्थित हुनेगरी युनियनको ढाँचा निर्माण गर्नुपर्दछ। जिल्ला शिक्षा समिति लगायत अन्य

निकायहरुमा हुनेशिक्षकहरुको प्रतिनिधित्व युनियनबाट गराउनेपध्दतिबाट युनियनहरुमा समेत

प्रतिनिधित्वको कारणलेहुनेद्वन्द समाधान हुन्छ।

उपरोक्त बाहेकका सरकारी अनुदान प्राप्त गर्नेराहत, अस्थायी, पिसिएफ, उ.मा. तह

र ‍ईसिडिमा कार्यरत तर उपलव्ध शिक्षक संगठन तथा संस्थाहरुसंग असन्तुष्टी जाहेर गर्दैछुट्टै

गतिविधि संचालन गर्दैरहेका संस्थाहरुको एजेण्डाहरुलाई यसैप्रस्तावित युनियनमा संलग्न

गराउँदैनेतृतवलाई युनियनमा स्वागत गर्नेतथा दोहोरो सदस्यता नियन्त्रणको लागि आ-आफ्ना

सदस्यहरुलाई नियमन गर्नेभन्दा अर्को विकल्प रहदैन। ती बाहेकका कुनैधर्म, जाति, क्षेत्र जस्ता

सामाजिक, सांस्कृतिक तथा भौगोलिक मामिलाहरुको आधारमा बनाइएका शिक्षक संस्थाहरुमध्ये

शिक्षकका पेशागत, ट्रेड युनियन हक अधिकारको लागि काम गर्नेउध्देश्यको लागि गठित र कृयाशिल

वैधानिक संस्थाहरुसोहि युनियनमा आवध्द गरिनेछन्भनेउक्त मूल उध्देश्य नरहेका संस्थाहरुलाई

नियमन गर्नुपर्नेपनि देखिदैन। पेशागत र ट्रेडयुनियन बाहेक अन्य ऐनको आधारमा गठित संघ

संस्थाहरुको हकमा तिनको उध्देश्य र प्रभावको आधारमा थ्रेसहोल्ड कायम गर्नुसान्दर्भिक हुनेछ।

अब बन्नेप्रस्तावित युनियन वा महासंघको सार केरहनेभन्नेविषय अहिलेसबैको चासोको

विषय बनेकोछ। अहिलेका सबैसंस्थाहरुतत्काल विलय (Merge) हुन सक्दैनन्। आम रुपमा एकीकरण

(Mass Unification) हुनेसंभावना पनि छैन। त्यसो भए, फरक फरक वैचारिक ग्राउण्डमा बनेका

आवध्द संस्थाहरुमिलाएर Federal Union नैबनाउनेहो। उक्त युनियनलेदलगत आग्रहरुबाट उठेर

शिक्षकहरुको पेसागत हकहितको लागि काम गर्नुनैउक्त युनियनको प्रमुख कार्यभार हुनेछ।

प्रचलित शिक्षा ऐनको आठौंसंसोधन हुँदैछ। चालूऐनमा रहेको शिक्षक युनियनको व्यवस्था

खारेज हुँदैन र हुनुहुँदैन। त्यस्तो आधिकारिक युनियन कसैलेचाहेर पनि दुइ वा त्यो भन्दा बढी पनि

हुनेछैन। कुनैअमूक राजनैतिक दलको लागि शिक्षकहरुको माझमा पार्टी काम गर्नको लागि बनाइएका

संगठनहरुलाई समेत पेशागत र ट्रेड युनियनहरुमानेर औपचारिक क्षेत्रलेस्वागत गर्नुपर्नेदिन सधै

रहँदैन। एउटैपेशामा धेरैयुनियनहरुभएको अवस्थामा राज्यको प्रचलित विधि पध्दतिबाट बनेका

पेशागत र ट्रेडयुनियन संस्थाहरुबाट बन्नेयुनियनलेप्रचलित ऐनमा व्यवस्था गरिनेआधिकारिक

युनियनलाई अंगाल्नेपध्दतिलाई राज्य, नीजि क्षेत्र र ट्रेड युनियनहरुलेपनि स्विकार्नेएक

प्रगतिशिल चरण हो। त्यसो भएमा शिक्षकहरुको आस्थागत राजनैतिक मामिलाहरुआआफ्नो

संगठनहरुको नीजि विषय बन्नेछ र प्रस्तावित युनियनलेपेशागत हक अधिकारको क्षेत्रका काम र

सरोकारहरुलाई सरकार वा रोजगारदाताहरुसंग डिल गर्नेछ।

यसरी बन्नेशिक्षक युनियन केका लागि भन्नेकुरामा केहि भ्रम रहेको देखिन्छ। प्रष्ट

हुनुजरुरी पनि छ। कतिपय शैक्षिक विकासको क्षेत्रमा काम गरेको छौंभन्नेगैरसरकारी संस्थाहरु

पनि यस्तो युनियनहरुसंग सहकार्य गर्नेरूची प्रकट गर्दछन्। शिक्षा मन्त्रालयका कतिपय उदार

अधिकारीहरुयुनियनसंग मिलेर विकासेकाम गर्नेरहर व्यक्त गर्दछन्। तर शिक्षा मन्त्रालय

स्वयमको र विभिन्न राजनैतिक दलहरुको यो बारेमा कुनैस्पष्ट आग्रह रहेको देखिन्न। यसमा सबैथरि

केप्रष्ट हुनुपर्दछ भनेत्यो प्रस्तावित युनियनको मूल र महत्वपूर्ण कार्यभार आफ्ना शिक्षक

सदस्यहरुको हक अधिकार, सुविधा, विकास र सुरक्षा नैहुनुपर्नेछ। त्यसैको लागि सदस्यहरुलेयुनियन

खडा गर्नेहुन्। तर शैक्षिक विकास, सामाजिक न्याय, बाल अधिकार लगायतका क्षेत्रहरुमा पनि सो

युनियनलेकाम गर्नुपर्नेछ। यी कामहरुअरुनैसंरचनाहरुको मूल काम हुन्, त्यो युनियनको मूल काम

हुनसक्दैनन्। यस्ता कामहरुलाई मूल काम बनाई सबैको लोकपृय बन्नेलोभमा लाग्यौंभनेफेरि पनि यो

युनियन ‘शिक्षकहरुको लागि’ युनियन हुनसक्दैन। शिक्षकहरुलेअर्को युनियनको खाँचो पर्नेछ र चालू

“आधिकारिक” युनियन चाहिंपूनः गूट फूट र अकर्मन्यताको उही चक्रमा घुम्न पुग्नेछौं।

Monday, January 27, 2014

सर्वदलीय सहमतिमा मौखिक परीक्षा ?

गत जेठमा १७ वर्ष पछि सामुदायिक विद्यालयमा अध्यापन गर्ने अस्थायी नेपाली शिक्षकहरुले स्थायी हुनको लागि खुल्ला प्रतिस्पर्धा गर्ने अवसर पाए। सधैं अस्थायी शिक्षकहरुको पक्षपोषण गर्ने भनेर आरोप लागेका ठूला शिक्षक युनियनहरु र प्रतिस्पर्धी युवा शिक्षकहरु सबैले स्वागत गरेको यो परीक्षामा करिब पाँचलाख उम्मेद्वारले  १३०५९  पदमा प्रतिस्पर्धा गरे। उत्तर पुस्तिका परिक्षण गर्ने समयमा परेका ठुला चाडहरु र फेरि लगत्तै संबिधानसभाको निर्वाचन पनि शिक्षकहरुसम्म नै लाग्यो। तैपनि शिक्षक सेवा आयोगले योजनावध्द ढंगले आफ्नो काम गरिरह्यो। आजभोलि बहुयुनियनको चरणबाट गुज्रिरहेको नेपाली शिक्षकहरुको पेशागत र ट्रेडयुनियनहरु विगत २ वर्षदेखि एउटै टेबलमा बसेर शैक्षिक र पेशागत समस्याहरु हल गर्न साझा प्रयत्न गरिरहेकाछन्। यो शिक्षक सेवा आयोगले मावि र निमावि तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरी सकेपछि मार्ग २७ गते ती सबै फेरि एकचोटी संगै बसेर बृहत समीक्षा गरे। अहिलेसम्म प्रकाशित भएका नतीजाहरुमा छिटपूट प्राविधिक समस्याहरु रहेका बाहेक निष्पक्ष रहेको प्रारंभिक निष्कर्ष निस्कियो। यो भन्दा अगाडि यही समूहले आयोग भ्रमण गरेर परीक्षाको निस्पक्षता र विश्वसनीयताको बारेमा शंका उठाएका थिए, त्यसैले निष्पक्ष नतीजा आउँदा पेशागत संस्थाको प्रमुखहरु उत्साहित थिए। ती समस्याहरुको बारेमा बुझ्न भोलिपल्ट नै फेरि एउटा टोलिले आयोग भ्रमण ग-यो र छलफल ग-यो । केहि जिज्ञाशा, केहि सुझाव र अहिलेसम्म भए गरेका राम्रो कामको लागि सबै भेटिएका उच्च पदस्थ अधिकारी मार्फत आयोगलाई सबै पेशागत र ट्रेडयुनियनहरुको तर्फबाट निर्णय अनुसार धन्यवाद ज्ञापन गरेर फर्कियो।  
राजधानी रहेको जिल्ला काठमाण्डौंमा स्वास्थ्य र शारीरिक विषयको परिक्षाफल प्रकाशित गर्दा एउटा गल्ति भएछ। कतिवटा मार्कस्लिपमा प्राप्तांक छ भन्ने ख्याल नगरिकन कनिष्ठ कर्मचारीले केही मार्कस्लिपबाट मात्र टप स्कोर छानेर प्रकाशनमा पठाएछन्। भोलिपल्ट केहि प्रतिस्पर्धीहरुले प्रश्न उठाएपछि दोहो-याएर हेर्दा गल्ति भएको पत्ता लाग्यो र पर्सीपल्ट सच्याएर नतीजा प्रकाशित गरे, मिडियाले त्यसलाई हल्लिखल्लि पनि ग-यो। अरु उल्लेखनीय समस्या थिएनन्। फेरि त्यो पाँच लाख परीक्षार्थीहरु रहेको एसएलसी जत्रो साइजको परीक्षामा छिटपुट त्रूटी भेटिनुलाई शिक्षा क्षेत्रमा त्यति ठूलो कुरा मानिएन।
मंसिरको अन्तिम साता नेपाल शिक्षक संघ राष्ट्रिय समितिको बैठक बस्यो। स्मरणीय छ,  संघ नेपाली कांग्रेस पार्टीको घोषित भातृसंस्था हो। यो बैठकमा तिनका जिल्ला स्तरमा परीक्षा फेल भएर रिसाउँदै आएकाहरु र तिनका प्रतिनीधिहरुले गत निर्वाचन र गत लामो काल देखि आफूले पार्टी र प्रजातन्त्रको लागि गरेको योगदान खेर गएको गुनासो गरे। पार्टी र प्रजातन्त्रको हितमा जसरी भए पनि यो नतिजा प्रकाशन कार्य रोकेर आफ्नो पक्षमा पार्न भनेर दवाव सिर्जना गरेछन्। यो कांग्रेस पार्टी यसपालाको चुनावमा सबभन्दा ठूलो दल बनेर सरकार बनाउने पर्खाइमा छ। त्यसको शिक्षक संघको अध्यक्षले शिक्षा मन्त्रालयमा भएको एउटा फराकिलै बैठकमा पहिलो पटक आयोगले नतिजा प्रकाशन रोकेर सम्भावित धाँधलीहरुको छानबिन सुरु गर्नुपर्दछ भने। नतिजा प्रकाशन गर्न केहि हतार छैन पनि भने। विस्थापित हुने अस्थायी र राहतका शिक्षकहरुको अनुभवको नंबर जोड्ने कुराको लागि पनि रोकिएको समय उपयुक्त हुने दावी गरे। तर अस्थायी शिक्षकहरुको पेशागत सुरक्षा र राहतको शिक्षकहरुको अनुभवको अंक जोड्ने ती मामिलाहरु साझा हुन् र सबै संस्थाहरु जुटेर त्यो मामिलालाई यहाँसम्म स्थापित गरेका थिए। बरु ती मामिलाहरुमा भएको छलफलमा उनीहरु नै अनुपस्थित भएर हल गर्नको लागि समस्या ब्यहोर्नु परिरहेको थियो।
यही समयमा कसैले सर्वोच्च अदालतमा उजूर गरेछ। अदालतले काठमाण्डौको त्यही समस्यालाई लिएर अध्ययन गर्न चाह्यो। अरु काम गर्न रोकेन। आयोगले नतीजा प्रकाशन गर्ने काम रोकेन। फेरि शिक्षक सेवा आयोगमा केहि राष्ट्रिय स्तरको नेताहरुले टेलिफोन गरेर हामीले चुनाव जितेकाछौं, नयाँ सरकारले बाँकि काम गर्छ, यो चालू नतीजा प्रकाशन क्रम रोक्नुपर्यो भनेर दवाव दिए भन्ने हल्ला चल्यो। त्यसको पनि केहि जोर नचलेपछि अख्तियारमा कसैले परिक्षार्थी र आयोगका पदाधिकारीको मिलोमतोमा बदनियतपूर्ण नतीजा प्रकाशित भैरहेकोले ठूलै आर्थिक चलखेल भैरहेको गंभीर आशंका को छानबिन गराइपाउँ भनी उजुरी गरेछ। सर्वोच्च अदालतलाई उछिनेर अख्तियारले परीक्षाफल प्रकाशनका सबै प्रकृया स्थगित गर्न आदेश गरिहाल्यो। त्यसयता लिखित परीक्षा अनुत्तीर्ण भएका उम्मेद्वारहरु लाईन लागेर उजूर हालिरहेका छन् । यो परिक्षाको नतीजा प्रकाशन रोक्न चाहने व्यक्तिहरुको बैचारिक समूह एउटै छ। टेलिफोन गर्ने राजनैतिक दलका नेताहरु, उजूरी गर्दा खुसी व्यक्त गर्ने शिक्षक नेताहरु, राहत र अस्थायीहरुको हितको लागि यो रोकिएको समय सदुपयोग हुने तर्क गर्नेहरु एउटै समूहका छन्। विगतका शिक्षक सेवा आयोगको रिजल्ट वर्षौंसम्म स्थगित हुँदा ताकाको शिक्षा मन्त्रालय र बाहिरका बदनाम हर्ताकर्ताहरु नै अहिलेको स्थगनले उत्साहित भएको देखिएकाछन्।
नेपालको सबैभन्दा पुरानो र ठूलो नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक सेवा आयोगले सम्पादन गरेका कामहरु अख्तियारले अध्ययन र छानविन गर्नु अन्यथा नभएतापनि उजूर पर्ने बित्तिकै कुनै तोकिएको विशिष्ठ समस्यालाई लिएर अध्ययन अनुसंधान गर्नुको साटो आमरुपमा परीक्षाफल प्रकाशन रोक्ने काम युक्तिसंगत नभएको जनाएकोछ। यो कार्वाहीलाई चालू परीक्षाको विश्वसनीयताको बारेमा अध्ययन गर्नुको साटो जसरी पनि ढीलो गरी कसैको राजनैतिक उध्देश्य पूरा गर्ने रणनीतिको शिकार भएको आशंका जाहेर गरेकोछ। उजूर नपरेका स्थान र विषयको परीक्षाफल प्रकाशन गर्दै गरेको भए अध्ययन सकिंदा तिनको पनि प्रकाशन गर्न सकिन्थ्यो र ढीलो हुंदैनथ्यो भन्ने संगठनको राय रहेकोछ। अन्य साना पेशागत र ट्रेडयुनियनहरुले पनि संगठनको यी भनाइहरुलाई सही थापेकाछन्। 
फेसबुकका वालमा भर्खरै चुनावमा दुःख गरेका पार्टी कार्यकर्ताहरुलाई पास गर्न यो स्थगन राजनैतिक दलहरुले नै आयोजना गरेका हुन् भनी स्टाटस लेखिएकाछन्।कतिपयले शिक्षक सेवा आयोगलाई संवैधानिक हैसियतको बनाउनुपर्छ भनेर शिक्षक युनियनहरुले सुरु देखि नै राखेको मागको पुष्टी भएको दावी गरेकाछन्। शिक्षक सेवा आयोगका अधिकारीहरु निराश र हतास देखिन्छन्। आफूलाई अस्थायी शिक्षकहरुको नेता हौं भनेर दावी गर्नेहरु यो अन्यौल र अनिश्चित क्रमहरुलाई स्वागत गर्ने भन्दै हिंडेकाछन्। त्यो आयोगको लिखित परीक्षामा असफल कतिपय अस्थायी शिक्षकहरुले चाहिं सधैं अन्यौल रहेमा आफ्नो जागीर लम्बिने भन्दा बढी केहि सोचेको पाइन्न। अस्थायीको एउटा हिस्सा चाहिं रत्नपार्कमा अनसन बसिरहेकोछ। माघ ३ गते भएको एउटा बैठकमा दुबै प्रकारका अस्थायी र राहत शिक्षकहरुको लागि थप केहि कार्य नभैरहेकोमा गुनासो यथावत थियो। शिक्षकको ट्रेडयुनियनहरु र शिक्षा मन्त्रालय बिच समन्वय कायम गर्न भनी यसै वर्ष गठन गरिएको संयन्त्र शैक्षिक सम्वाद समन्वय समितिको बैठक संविधान सभाको निर्वाचन यता बस्न सकेकोछैन। कहिले बस्छ, त्यो पनि कसैलाई पत्तो छैन।  
शिक्षक मासिकको पौष अंकमा बाबुराम बि.क.को यो संबन्धमा महत्वपूर्ण विवरण समेटेको चोटिलो लेख छापिएकोछ। माघ ६ गते शिक्षक संघको महासचिवले प्रेस रिपोर्ट जारी गरेर यस्ता मिडिबाजीहरुलाई भ्रामक भनेकाछन्। अध्यक्ष लगायत संघको केन्द्रीय नेताहरु मञ्चबाट हामीले निर्णय अनुसार चैत्रसम्मको लागि परीक्षाफल प्रकाशन स्थगन गर्न आग्रह गरेका हौं भनिरहेकाछन्। राष्ट्रै भरी जिशिकाहरुले यो आ.व.को सुरु देखि नै निर्वाचन आचार संहिता र त्यसयता आयोगबाट छनौट भएकाहरुलाई पोष्टिङ गर्न सजिलो हुने कारणले भनी विद्यालयहरुलाई अस्थायी/करार शिक्षक नियुक्तिको लागि अनुमति दिएका छैनन्। त्यसैले आजभोलि प्रधानाध्यापकहरु रिक्त पदमा शिक्षक नियुक्त गर्न नपाएर विद्यालयमा तनावमा छन् र जिशिकाहरुमा धाइरहेको छन्। 
पौष ११ गतेबाट सुदुरपश्चिम हुदै सुरु हुने मौखिक परीक्षामा भाग लिन दिपायल र त्यसै गरी  १३ गतेको लागि सुर्खेत झरी सकेका पश्चिमी दूर्गम पहाडी क्षेत्रका परिक्षार्थीहरु अकस्मात आएको अन्तर्वार्ता स्थगनको त्यो हल्लाले सुरुमा आतंकित भए । पेशामा छिरेको ताका नै आयोग खुलेर स्थायी भएको भए पेन्सन हुने उमेरमा बल्ल शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा पास गरेर उत्साही भएका यी शिक्षकहरु क्षे.शि.नि.ले टाँसेको यो सूचनाले स्तव्ध भए। सडकमा तिनले त्यसको विरोधमा १ घण्टे चक्का जाम गरे। राजधानीमा भएका शिक्षक नेताहरु तत्काल अख्तियार दुरुपयोग अनुसंधान आयोगमा के भएको हो, किन परीक्षा रोकेको हो र कहिले सम्म रोक्ने हो भनेर बहस गरी रहेका थिए। अख्तियारको एउटा अधिकारीले दिएको उत्तर चाखलाग्दो थियो, तपाईंहरु सबैको सहमति हुन्छ भने यो चांडै नै खुल्छ, अन्तर्वार्ता सुरु हुन्छ । त्यसो भनेको पनि एक महिना हुन लाग्यो। यो नेपाल मा आजभोलि सबै कुरा सहमतिमा चल्ने अभ्यासले गर्दा पाइएको शिक्षा हो। सबैको सहमति भए जे भए पनि ठिक, नत्र जेभए पनि बन्द !




      

Friday, June 21, 2013

प्रेस रिपोर्ट २०७०।०३।०२


नेपाल राष्ट्रिय शिक्षक संगठनको यही मिति २०७० जेठ २८-३० सम्म आयोजना गरिएको ११ औँ राष्ट्रिय महाधिवेशनको संबन्धमा जारी गरिएको प्रेस रिपोर्ट

शिक्षकहरुको पेशागत हीत र विकासको लागि २०३६ सालको बृहत शिक्षक आन्दोलनद्वारा गठित नेपाली शिक्षकहरुको पेशागत र ट्रेड युनियन आन्दोलनको अगुवा संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको ११औं राष्ट्रिय महाधिवेशन गत २०७० जेठ २८-३० मा काठमाण्डौमा सम्पन्न भयो। उक्त महाधिवेशकार्यक्रमलाई उद्घाटन, बन्द र निर्वाचन गरी तीन सत्रमा बाँडिएको थियो।  


उद्घाटन कार्यक्रम: पूर्व प्रधानमन्त्री तथा ने क पा (एमाले) का वरिष्ठ नेता क. माधव कुमार नेपालद्वारा
सम्मानित व्यक्तित्वहरु: जनगायक रुविन गन्धर्व, साहित्यकार झमक घिमिरे,  रवि लामिछाने, न्यूज २४ टेलिभिजन, शिक्षक सहीद विपिन बास्तोलाको धर्मपत्नी तथा ने रा शि संगठनकी सोलूखुम्बु सदस्य शुसिला कार्की, वेलकम इभेण्ट म्यानेजमेण्ट।
कृयाशिलताको आधारमा सम्मानित क्षेत्रगतरुपमा छनौट गरिएका जिल्लाहरु:
उदयपुर, काभ्रे, लमजुङ, सुर्खेत र बैतडी

सहभागी जिल्ला संख्या: ७५
प्रतिनिधिको संख्या:  ४३५
ने रा शि संगठनको कूल सदस्य संख्या:   ७३३३५ ( गत जिल्ला अधिवेशनहरुमामा प्राप्त विवरणको आधारमा )

समूह छलफलका एजेण्डाहरु:

१. महासचिव, कोषाध्यक्ष र महिला उपाध्यक्षद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन
२. प्रचलित विद्यालय पाठ्यक्रमको समीक्षा
३. विधान संसोधनको बारेमा
३. नेपाल राष्ट्रिय शिक्षक संगठनको स्वायत्तता र संबध्दताको बारेमा
४. ने.रा.शि.संगठन लगायतको शिक्षक संघ संस्था र नेपाल सरकार बीच भएको संझौता कार्यान्वयनको संबन्धमा
५. नेपाल शिक्षक युनियनको भावी संरचना र आवध्दताको संबन्धमा

 यस ११ औं महाधिवेशनमा भएको वृहत छलफलले आफ्ना कमिटी तथा सदस्यहरु मार्फत
१. नेपाली शिक्षकहरुको ट्रेडयुनियन अधिकार प्राप्ति र पेशागत विकास र दक्षता अभिवृध्दी गर्न
२. विद्यालयमा आचार संहिता लागू गर्ने गराउने
३. प्रभावकारी शिक्षण सिकाई कृयाकलापमा संलग्ने हुने, गराउने
४. पेशाप्रति उत्तरदायी र समाजप्रति जवाफदेही हुन, गराउन
५. संगठनको स्वतन्त्र अस्तित्व अक्षुण्ण राख्ने
 प्रतिवध्दता व्यक्त ग-यो।

भावी कार्यक्रमहरु
१.      शिक्षक अस्पताल स्थापनाको लागि पहलकदमी
२.      शिक्षक संगठनको ऐतिहासिक वृत्तचित्र
३.      सदस्य संख्या अभिवृध्दी
४.      नियमित प्रकाशन
५.      सबै जिल्ला मा शिक्षक हित सहकारी र राष्ट्रिय संयन्त्र निर्माण
६.      युनियनमा संगटनको प्रभावकारिता बृध्दी
७.      तालिम गोष्ठि सेमिनार र अन्तरकृयाहरु
८.      एकीकृत शिक्षक संगठन निर्माणको लागि प्रयत्न
९.      वार्षिक कार्ययोजनाको साथ कृयाकलाप
१०.  विधान महाधिवेशनको आयोजना

 महाधिवेशनबाट गरिएका मागहरु

१.      हालै नेपाल सरकारद्वारा शिक्षकहरुको राजनैतिक संलग्नता र अन्य पेशा व्यवसायमा संलग्न रहेको भन्ने प्रचार गरी शिक्षकहरुको ट्रेड युनियन अधिकारको खिलाफमा गरिएको गतिविधि र प्रचारवाजीको सम्बन्धमा  राजनैतिक अधिकार सहितको ट्रेड युनियन अधिकार भन्ने सिध्दान्तलाई कार्यनीति बनाउदै विकास भएको नेपाली शिक्षक आन्दोलनको मान्यता र भावनालाई चोट पुगेकोले उक्त निर्णयप्रति घोर आपत्ती जनाउदै यस्ता गतिबीधिलाई यथासीघ्र फिर्ता लिन सरकारसंग जोडदार माग गरिन्छ।
२.      विगतमा सरकारसंग भए गरेका संझौताहरुको यथासीघ्र कार्यान्वयन गर्न
३.      दीर्घसेवी अस्थायी शिक्षकहरु, राहत, उच्च मा वि तहका शिक्षकहरु, पि सि एफ र पूर्व प्रा वि वा बाल विकास तहमा कार्यरत शिक्षकहरुको मागहरुको सम्बोधन
४.      शिक्षक सेवा आयोगको सवैधानिक अंगको रुपमा विकास गर्न र गत जेष्ठ ९ , ११० र ११ मा संचालन गरिएको शिक्षक आयोगद्वारा लिइएको परीक्षाको परीक्षाफल सीघ्र प्रकाशित गर्न


स्वयंसेवी कार्य

बाजुरा जिल्लाका सदस्य शिक्षक श्री मुकुन्दराज कार्की विगत २०७० वैशाष २५ गते आगलागीमा परी दुर्घटनाग्रस्त भै हाल बीर अस्पतालमा जीवन मरणको दोसाँधमा रहनुभएकोमा वहाँको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न जिल्ला समिति र प्रतिनीधि पर्यवेक्षकहरुबाट संकलित भएको रकम रु ७३,३३७ हिजो आषाढ २ गते विरामी शिक्षकको धर्मपत्नीलाई संगठनको नवनिर्वाचित अध्यक्ष सहितको टोलिले हस्तान्तरण   ग-यो।      




(लक्ष्मण शर्मा)                                                (बाबुराम थापा)                  
महासचिव                                                        अध्यक्ष

Monday, June 17, 2013

A volunteer waiting for other volunteers ! बाजुराको एउटा कथा

-->

(Mukunda Raj Karki in Bir Hospital )

Mr. Mukunda Raj Karki, 28 is a primary teacher in Kalika Primary School, Bajura, Far-west Development region of Nepal. He has to walk a pedestrian path to reach his school. He was returning home from whole day’s tough job. It was a windy evening of 8th May in the southern mountain of The Himalaya. As the population density of the mountainous villages is less, schools are far for students and teachers. He was tired and slowly heading towards home. As he got a bent on a mountain he saw smoke rising from a roof of a house and peoples were shouting of fire. It was sure that the house was caught in fire. So, he run down the hills and reached the house in fire. Women and children were crying. Males had no ideas to proceed. They used to save the homes in fire only by throwing water or soil in it. It is done with the stem of banana trees in the low and warm lands in Nepal. The May is windy and hot season and they had no sufficient water. All the streams were dry. The sources of drinking water was not sufficient to throw in the fire,


People were excited to see the teacher running to them. He was tall, brave and known as a courageous youth in that village. Teachers are supposed to be the social leader in the villages of Nepal. They had to participate in all the events of happy and sorrow there. People gathered around him. They had a high hope on him and requested to control the fire. The poor house owner came nearer to him and told that he had some money on his wallet kept in a tin trunk which was left in the 2nd floor. 

He saw the roof at the top was burning. He took off his bag crossing his shoulder, pant and shirt, hanged those stuffs on a tree in front of the yard. Seeing the roof burning, he thought the possibility of going up to the 2nd floor. He entered home running and climbed the single ladder made of log. He reached the corner and pulled the trunk. He was seeing roof with widened eyes. The heat come from the roof was deadly. Suffocation due to the smoke was making him blind. He was totally wet of the sweat.
The roof was made of stone slates supported with the wooden bars. One side of the roof was burning and coming to his corner. With “krrrrrrrakka” sound, the roof felled at the same time. His way to pull the trunk was blocked and the fire came nearer and nearer. He had no way to get down. The he threw the trunk from a small hole made for ventilation. The hole wasn’t sufficient to get him out. In minutes, he would die if couldn’t take sharp decision and act wisely. Then he went near the fire and tried to push the roof. He succeeded to open a little. His body started to burn from the underwear vest. He had no options and forced the body in the fire. He came out from the burning roof. He felled down from the burning roof as a log on the yard. He was alive but lost senses and deadly burnt.
There was nothing and no one to treat him. No ambulance or any vehicles were available as the district itself is having no roads. It took many hours in the night to take him to the district health centre. Villagers did it using a career made of a wooden poll and jute sack. Then after one day, he was brought to reach the road access. He reached Bir Hospital, Kathmandu, only one renowned hospital with burn ward in Nepal after two days.

His family had no savings to treat him. His poor wife was firstly in this huge city from the remote mountainous village. Everything was new to her. She was happy to listen from the doctor saying, “He must survive as he has done a great voluntary task”. Some burnt patients seen lesser serious than him are dying day and day in the hospital. She was got socked time and again.
After one month, his story was shared to all the participants and representatives in Kathmandu Conference of his teachers association, NNTA. His local union leaders requested to support their victim member, Mr. Mukunda Karki. They collected NRs 73,337.00 hand to hand from his organization members from all over the nation. It was 15th june.
( Mr Thapa , chairman NNTA handing over the donations collected)
As he was a contract positioned teacher, government has no concern and care on him.  It is a real story, you can see Mr. Mukunda Karki in the burn ward of Bir Hospital. His family has paid there more than 2 hundred thousand rupees. They don’t know how much rupees he saved there but guessed it was less than ten thousand rupees.  


Thursday, May 16, 2013

Schools Field Trip




Bhuvaneshwari School: Where students learn themselves; teachers just create environment.

Last week I had to facilitate a two days training program on Capacity Building and Good Governance of the schools in my resource center. Participants were principals and management related parents from 6 feeder schools around mine. The topics of the orientation were instructional and educational planning, child friendliness in schools, disaster management in education etc. I had to struggle hard to conduct the orientation. Major cause on the issue was the gap of the understanding level among the participants. Some of our participants were just literate and some post graduated even. So, in the second day, I proposed a field trip in two successful schools in the same district. I know observation can be one of the strategies which can enrich the learning and aware all level of learners. About the resources, I motivated the participants to pay themselves for a good work. They were ready to spend a little on it.

The 31st of Baishakh or the 14th May was the fixed date to move. 22 among 28 participants were there in bust stop in time. We traveled up to Dharke (30 KM) by public bus. The group was diversified in all aspects.  
        Mr. Ramchandra Acharya, the principal of Bhuvaneshwari School was waiting us. He made us to visit all the classrooms, laboratory, libraries and office room. Our participants were excited to observe the lessons run, the decoration of the students works etc cleanliness and else. There were grade rules and all the information required on the walls. Teachers were not ‘teaching’ but trying to make students learnt.  After the observation of 20 mins all the participants were gathered in a meeting hall. Mr Ramchandra Acharya and Chandra Prakash KC led the discussion. They shared the background of the school, teachers training support by the Rato Bangalaw Foundation (RBF). The impact of the training, the financial status and income sources of the school, governing policies were discussed etc. Our participants raised questions and excited on the achievements of the school.
Major reflections of the observation for me;
1.      Nepalese schools need managers as school leaders than academicians.
2.      Schools can boom only with their own resources than the donations either by formal or non-formal sectors. Money doesn’t come alone and fees paid by the parents bring pressure to reform.
3.       Teachers can make the change and students lead the changes.
4.      Rules regulates the situations, rules made by ruled is diamond rule.
5.       Private schools are side product of malpractices of public education system. They diminish in the process of education reforms in public schools.
6.      We teachers can learn more from the schools than from the trainings run now a days and universities classrooms.
 
 
 
Janajagriti: Dreams come true here
Just a decade back, I had conducted training in Janajagriti School few young teachers. It was the response of excitement with the orientation on Child friendly schooling in Dhulikhel. I was amazed with the dreams on their eyes. They had started a school for local stone breakers kids there in a small market, Mahadevbensi at the banks of the stream. Already there was a private school. It was beyond their economic level. They had a small hut left by the Chinese Road constructors here. It was in debate of ownership and at least they had to pay nearly a million rupees to get the land and the hut but they had not. Most of them were not from education background and higher degrees. They were doing as they had seen their teachers in their own classrooms. All the attempts were old and outdated strategies in classroom. I was new trainer on the topics and the discussions held there was valuable for me too. I had to travel many venues of the country as I was nominated as one of national trainers for.
I have been visiting Janajagriti for many times. Those teachers are matured now. They have more than a thousand students from different 27 districts. They have many facilities gathered in school. Day care centers, class for blind students. Open school up to SLC level.   More than 300 students get different educational supports from this school. School has a very good relation with more than a dozen INGOs and NGOs working for education and development.
 
We had our second trip of the day in Janajagriti. Mr Ramchandra Rupakheti led the discussion with our participants. He focused the learning culture of the teachers of this school. The various strategies to raise fund in the public education system was discussed. Rupakheti told,” restless effort towards the reformation can change the situation”. HE responded the queries raised by different participants.
Reflections of the participants
1.      Janajagriti can be one of the best practices of the underprivileged students schooling with the outsourcing modality.
2.      People are ready to pay for quality. Schools should address the real poverty level kids.
3.      Dream is essential. Changes come within it.
4.      Learning should be the essential characteristic of the schools not only students but all the stakeholders.     
    Lastly, we took lunch in a restaurant in Mahadevbenshi. We discussed findings of the trip. All the participants were excited and head teachers were discussing for the planning to reform their situation. Conclusion of the lunch discussion was infrastructure, trainings and learn from the experiences were to move together. Dream and passion of work was the major drive for changes.
My Reflection of the trip
1.      Field trip can be one of the best strategies to address the diversified learners.
2.      Best performing schools can participate as content for the learners of other school’s decision makers.
3.      Hands on experience can be the best experience of all experiences.
4.      School should plan the infrastructure, human resources development, policy development and monitoring and follow up is necessary for reformation in education.  
5.      If chosen best strategies our parents are ready to pay, stipends or allowances for education reforms should be critically analyzed.
6.      Better performing public schools can generate certain resources sharing their experiences and efforts. They should develop some tools like brochures, PPT slides and other hands outs. They can use high technology like web sites, pages blogs etc to communicate their situation and experiences.
                 

Thursday, April 18, 2013

बैरेनी कार्यशाला : अनन्त यात्राको अर्को पाइला


“हामी त यत्रो बर्षसम्म आफूलाई जे गर्दा उपयुक्त लाग्यो त्यही गर्दै आयौं । केही राम्रो भयो होला केही राम्रो भएन होला। विद्यालय सुधारको लागि विश्वविद्यालय वा तालिमहरुबाट सिकेका कुराहरुभन्दा छिमेकी वल्लो पल्लो विद्यालयहरुको अनुभव बढी काम लाग्छ जस्तो लाग्यो। हामी आफैले गरिरहेका प्रयासहरु र संभावनाहरुको बारेमा छलफल भयो ।  छलफल भएका केही कार्यक्रमहरु यही वर्ष कार्य योजनामा राखेर लागू गर्छौं। आगामी बैठकमा फेरि अनुभवहरु आदानप्रदान गर्छौँ र सुधार्दै जान्छौ”। विगत २८ वर्षदेखि वागेश्वरी उच्च मा वि बैरेनीमा प्राचार्य रहनुभएका ध्रुवराज खतिवडाले आफ्नै कार्यकक्षमा भएको छलफल टुँग्याउदै भन्नुभयो।

सुधारको लागि हामी प्रअहरुले गर्ने प्रयत्नले पुग्दैन। आखिर कक्षा कोठामा जाने शिक्षकलाई सुधारको लागि कसरी तत्पर बनाउने भन्ने मेरो चासो हो। जनकल्याण उच्च मा वि का प्र अ शंकर भण्डारीले भन्नुभयो। महाकाली मा वि कुम्पुरका प्र अ राजन गिरीले पोहोर साल सत्यवती र जनकल्याणले सुरु गरेको शनिवारे साप्ताहिक परीक्षा यो वर्षबाट आफ्नो विद्यालयमा लाने निर्णय सुनाउनुभयो। सत्यवतीको लक्ष्मण शर्माले निर्माणात्मक परीक्षाको सिध्दान्त र व्यवहार बीचमा भएको खाडललाई सच्याउन अब ढिलो नगरौँ भन्नुभयो।

आज छोटो खबरको आधारमा वार्षिक कार्य योजना बनाउन आआफ्ना विद्यालयमा व्यस्त पृथ्वीराजमार्ग वरपरका ७ जना प्रअ/प्राचार्यहरु बैरेनीमा जुटेर गत वर्षका उपलव्धीहरु र यो वर्ष आआफूले आटेका शैक्षिक सुधारको कार्यहरुको बारेमा उत्साह पूर्वक छलफल गर्नुभयो। वर्षको पहिलो चाडको दिन परेकोले होला आमन्त्रितहरु मध्ये आधा मात्र जुटेका थिए। करिब ४ घण्टा भएको उक्त छलफलमा कुनै औपचारिकता थिएन। अतिथि र विज्ञ थिएनन्। थिए त केबल शिक्षण पेशा र सार्वजनिक विद्यालयको प्रशासनिक नेतृत्वमा रहेर कपाल फुलाएका केहि र अन्य केही युवा प्रअहरु। ज्योति उमावि, केवलपुरका सहदेव रेग्मीले आफूले गत वर्ष परीक्षा सुधारको लागि गरेका केही प्रयत्नहरु, यसपाला तयार गरेको कम्प्युटर ल्याब र इण्टरनेटको उपयोगको बारेमा अनुभव बाड्नुभयो भने महाकाली सिम्लेका प्रअ कृष्ण प्रसाद अर्यालले प्रस्तुत गर्नुभएको विद्यालयको स्रोत साधन खर्चेर क्याम्पस चलाउने रहरले गुजुल्टो परेको समस्या सबैलाई घत लाग्दो भयो। सत्यवतीको लक्ष्मण शर्माले जनकल्याण विद्यालयले गर्ने गरेको शैक्षिक भ्रमणको तरिकाबाट हामीले केहि सिक्यौँ र यो वर्ष विद्यालयको कार्य योजनामा त्यो कुरा समावेश गरेको कुरो बताउनुभयो।


त्यसै गरी शिक्षक र विद्यार्थीहरुको आचारसंहिता, शिक्षकको अनुपस्थितीमा कक्षा संचालनको बेस्ट मोडेल, विद्यालय सरसफाइमा विद्यार्थीको सहभागिता, अनौपचारि क्षेत्रको स्रोत परिचालनका असल अभ्यासहरु, डे बोर्डर्सको केवलपुरको अनुभव, विद्यार्थीहरुको मोबाइल नियन्त्रण वा व्यवस्थापनको लागि प्रचलित विधि पध्दती, बोर्डिङ स्कूलबाट निकालिएका बालबालिकाहरुको व्यवहारिक समस्याहरुको मुद्दा, कम्प्युटर नभएका विद्यालयहरुमा अब सुरु हुने कम्प्युटर शिक्षाको बारेमा र एउटै सिफ्टमा ‌११ र १२ कक्षालाई ल्याउने संभावना र समस्याहरुको  बारेमा पनि छलफल भयो। सबै एउटै कार्यक्षेत्र र उस्तै जिम्मेवारीमा रहेकोले संचार सजिलो भएकोथियो। एसएलसी र उमाशिपको परीक्षा केन्द्र भएका र नभएका विद्यालयहरुको वार्षिक कार्यदिनमा भएको फरकको चर्चा भयो। विभिन्न विद्यालयका व्यवस्थापन समिति र अभिभावकको फरकफरक भूमिकाको बारेमा रमाइलो विवेचना भयो।
बैठकको कुनै ठूलो तयारी थिएन। बैरेनी स्थित वागेश्वरी उमाविको शिक्षकहरुको कार्यकक्षमा छलफल भयो। जुट्ने बित्तिकै १ मिनेट पनि समय खेर फालिएन, छलफल सुरु गरियो। लक्ष्मण शर्माले सबै समयमा र विद्यालयहरुमा शैक्षिक सुधारको आवश्यकता र संभावना हुन्छ। त्यसको लागि समान शैक्षिक अवस्था र सामाजिक  वातावरण भएका विद्यालयहरुको विचमा अनुभव आदानप्रदान गर्ने हो भने थोरै खर्चमा र टिकाउ सुधार गर्न सकिने अनुभव बताउनुभयो। शैक्षिक सुधारका लागि देशमा शिक्षकहरुले गरेका केही सुधारात्मक उपचारहरुको उदाहरण दिनुभयो र भन्नु भयो हामीहरुमध्ये पनि ज-जसले गरेर सफलता वा असफलताबाट जे जति सिक्यौ ती सबै अर्को विद्यालयलाई काम लाग्ने विषयवस्तु हुन् , त्यसैले बाँडौं भन्नुभयो।
छलफल रोचक भयो। उपलव्धिपूर्ण भयो। जेठमा अझ व्यापक साइजमा फेरि जुट्ने सल्लाह भयो। अर्को पटक चाहिँ खासखास विषयवस्तुमा खासखास सहभागीले सामाग्री सहित प्रस्तुत हुने समेत निर्णय गरियो। जस्तै लक्ष्मण शर्माले शिक्षामा सूचनार प्रविधीको प्रयोगमा सत्यवतीको अनुभव, जनजागृतिले विद्यालयमा अनौपचारिक क्षेत्रको सहयोग परिचालन, भूवनेश्वरीको प्रअ रामचन्द्र आचार्यले कक्षा व्यवस्थापनमा वालवालिकाको सहभागिता, मलेखु वागेश्वरीको प्राचार्य देवप्रसाद त्रिपाठीले उच्च मावि तहको व्यवस्थापनको अनुभवहरु प्रस्तुत गर्ने निर्णय गरियो । विद्यालय आफै स्वायत्त र स्वतन्त्र क्षेत्र भएकोले यो संयन्त्रले कुनै हस्तक्षेपकारी भूमिका नगर्ने र यस्तो छलफललाई अनुभवको आदानप्रदानको लागि मात्र प्रयोग गर्ने भन्ने सहमति भयो।
आजको छलफललाई अवलोकन गर्ने एक जना आमन्त्रित शिक्षक भन्दैहुनुहुन्थ्यो, “ त्यहाँ परम्परागत तह थिएन, विद्वताको दवाव थिएन, औपचारिकताको अप्ठेरो थिएन, स्वाभाविक थियो। त्यसैले छलफल जिउँदो थियो। विषयवस्तुहरु वास्तविक समस्याहरु नै थिए। ती साझा थिए। त्यसैले यति सामान्य तयारी तर सार्थक छलफल भयो। छलफलबाट मैले पनि धेरै सिकें”।
सिम्ले महाकालीका प्रअ सबैका “गुरू”कृष्ण अर्याल भन्दै हुनुहुन्थ्यो; “धेरै बसियो, बात मारियो, संगसंगै काम गरियो तर आज सा-है मजा लाग्यो। यो तरिका पो काम लाग्छ क्या रे। ल है फेरि पनि जुट्नुपर्छ”। लक्ष्मण शर्मा ज्योतिको प्राचार्य सहदेव रेग्मीतिर हेरेर भन्दैहुनुहुन्थ्यो, नयाँ ठिटाहरुले नीरंतरता दिनुपर्दछ। सहदेव भन्दै हुनुहन्थ्यो, “हुन्छ, गर्ने नि” !